
गोपाल कान्छा
बारेकोट २ जाजरकोट हाल दोहा कतार ।
जाजरकोट जिल्ला संघीय संरचना अनुसार कर्णाली प्रदेशमा पर्दछ । जाजरकोट जिल्लाले आफ्नै पहिचान वोकेको छ । जस्तै हरियो बनपाखा, अनि कल कल बग्ने नर्सिङगाड नदी जस्ता थुरै खोलाहरु अनि छहराहरूले भरिपुर्ण अनि लालीगुराँसले ढकमक्क छरिएको सुन्दर बारेकोट गाउँपालिका हो ।
त्यहाँका पुरातात्विक मुर्तीहरुले झनै बारेकोट पहिचान झल्काउने का गर्दछन । बारेकोट बाट सदरमुकाम आउन दुई दिनको पैदल यात्रा गर्नुपर्छ । यस जिल्लाको सदरमुकाम खलंगा हो । यस जिल्लाको क्षेत्रफल २,२३० बर्ग कि, मि रहेको छ । २०६८ सालको जनगणना अनुसार १ लाख ६१ हजार ३ सय ४ कुल जनसंख्या रहेको छ ।
यो जिल्ला रूकुम ,जुम्ला, कालिकोट, डोल्पा, दैलेख, सुर्खेत र सल्यान जिल्लाले घेरिएको छ । जाजरकोट जिल्ला भित्र सात वटा स्थानीय तह रहेका छन । जसमध्ये ३ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेका छन । यस जिल्लामा रहेको खलंगामा रहेको जाजरकोट दरबार गजेन्द्र नारायण शाहद्धारा स्थापित भएको इतिहास छ ।
जुन दरबार पर्यटकहरूको गनतव्य बनेको छ । जाजरकोट जिल्ला ६ सय १० मिटर देखि ५ हजार ४ सय १२ मिटरको उचाईमा रहेको छ । यस जिल्लामा फरक विभिन्न किसिमको हावापानी पाइन्छ । जाजरकोट जिल्लामा विभिन्न जातजातिको बसोबास रहेको छ । जसमा मुख्य गरी छेत्री वाहुन , ठकूरी, दलित, मगर आदि पर्दछन ।
यहाँका मानिसहरू खास गरी हीन्दु धर्म मान्ने गर्दछन । केही अन्य धर्म मान्ने पनि पर्दछन । जाजरकोट जिल्लाको आफ्नै मौलिक संस्कृति रहेको छ ।
खुशीको कुरा टाढै बाट भएपनि मूलको पानी पाएकै पाईन्छ । शैक्षिक दृष्टिकोणले ३ वटा क्याम्पस उच्च शिक्षा हासिल गर्न कठिनाई छैन ।
यस जिल्लाका मानिसकहरुको मुख्य पेशा मैक, गहुँ धान , कोदो हुन । पशुपालन गाई, बाख्रा ,भैसीपालन आदी पर्दछन । घरहरू कच्ची छन । जो माटो ढुङ्गाको समिश्रण बाट निर्माण गरिएको छ । कमेरो तथा माटोले यहाँका घरहरु रंगिन बनाइएको छ । सुन्दर बस्तीका रुपमा नियाल्न पाइन्छ । जता गएपनि मनले सम्झिने मेरो मातृभुमी । जय देश जय समृद्धि ।।
















































। २ आश्विन २०७७, शुक्रबार