कर्णालीको यूवा आवार्ड जाजरकोटका संयोजक प्रविनको हातमा !

Image may contain: 2 people, text

जाजरकोट । कर्णाली प्रदेशको उत्कृष्ट यूवा आवार्ड जाजरकोटका प्रविन विकले पाएका छन । नेपाल यूवा परिषद जाजरकोटको संयोजक रुपमा काम गरिरहेका विकलाई उत्कृष्ठ काम गरेको, भन्दै २०२० को अवार्ड नेपाल यूवा परिषद कर्णाली प्रदेशले प्रदान गरेको हो ।

नेपाल यूवा परिषद कर्णाली प्रदेशले गरेको २ दिने भर्चुल सम्मेलन बाट उनलाई अवार्ड प्रदान गरिएको हो । जाजरकोटका विभिन्न क्षेत्रमा समाजसेवाका साथै समाज परिवर्तनका लागि काम गरिरहेका छन ।

यूवाको क्षमता अभिवृद्धि गर्न विभिन्न विषयमा सक्रिय भुमिका खेल्दै आएका छन । समाजमा रहेका विकृति विरुद्ध आवाज समेत उठाउँदै आएका छन । कर्णाली प्रदेशका भुमी व्यवस्था तथा कृषि तथा सहकारी मन्त्री विमला केसीले उद्धघाटन गरेकी थिइन ।

तपाईको प्रतिक्रिया