प्रवासी एक छोराले नेपालमा रहेकी आमालाई लेखेको चिठी !

Image may contain: 1 person, hat and closeup

गोपाल कान्छा

पुजनीय अामा                                                                   
शीरको टोपी पाउम राखि ढाेक छ ।
आरम छु आरम चाहान्छु । त्यहाँ तपाईलाई पनि आरमै होला भन्ने आशा गरेको छु । हजुरले पठाएको चिठी मैले बुधबार बिहान मात्र पाए । आमा हजुरले दिएको अर्ति उपदेश अहिले पनि विर्सेको छैन ।

आमा हजुरको सपना पूरा गर्न रात दिन भरी आफ्नो पाहिला अगाडि बढाउँदै छु । आमा मलाई हजुरले नौ महिना सम्म कोखमा राखी हुर्काउनुभयो पढाउनु भो । यहाँ सम्म पुर्याउनुभयो मैले बिर्सेको छैन आमा ।

हजुरले खेतबारीमा दिनभरी काम गरी आफुलाई दिएको खाजा पटुकिमा बाँधेर छोरा स्कूलबाट भोकाएर आऊने भयो भनी पटुकिमा बाँधेर ल्याएको दुई वटा मकै रोटी मलाई खुवाएको मैले बिर्सेको छैन । आमा मैले बिर्सेको छैन । दिन भरी अर्काको खेतमा धान रोपेर आऊँदा हिलोले खाएका हजुरका पाऊ म ओखरका बोक्रा कुटेर लगाएको मैँले बिर्सेको छैन ।

आम हजुरको छोराले सहरमा धेरै दुःख कष्ट गरी पढेको कुरा त्यो समाजले सहन नसकेर कुरा काट्दै गर्दा हामीलाई गिज्याउँदै हिडेको अझैं मेरा मनमा ताजै छ । आमा । हजुरका सपना पुरा गर्न आफ्ना पाहिला अगाडि बडाउँदै छू आमा । म ती छिमेकीका दाजुभाईले तपाईलाई लगाएका बचन तेरो छोरालाई डाक्टर पढ्न दिउँला खाली रोडमा फालेर देखाउँछु ) भनेका ति कठोर बोलीहरू मेरो कानमा अझैं गुञ्जयमान भएर बसेका छन ।

आमा ति छिमेकीले तेसो भन्दा मलाई साहास अति ऊपदेश सुझाव सल्लाह मैले बिर्सेको छैन । आमा तपाईले दिएको सुझाव र तपाईको अर्ति उपदेशलाई सङगालेर हजुरले देखाएको बाटा हिड्दै गर्दा अहिले मैले एउटा सेवा गर्ने मौका पाएको छु । हजुरले दिएको सुझावको कदर गर्दै म सहिद गंगलाल हृदय केन्द्रमा रही तपाई जस्तै हजारौँ आमाको रगत परिक्षण गरी सेवा गर्देछु । हजुरको सपना पुरा गर्देछु आमा ।
हजुरलाई रातदिन माया गर्ने छोरो
गोपाल कान्छा
जाजरकोट बारेकोट २
हाल प्रवास दोहा कतार

तपाईको प्रतिक्रिया