विप्लव निकट अखिल क्रान्तिकारीद्धारा पहिराे पिडितलाई सहयाेग

सल्यान  ।   नेपाल कम्युनिस्ट पार्टी निकट अखिल  (क्रान्तिकारी ) सल्यानले छत्रेश्वरि गा .पा १ चामे मा पहिरो पिडित हरु लाई राहत वितरण गरेको छ ।

एक कार्यक्रम का विच पहिरो पिडित १४ घरपरिवार लाई पैतिस हजार (३५,०००)बराबरको खाद्य सामग्री चामल ,दाल ,तेल ,नुन ,लगायत बालबालिका हरुलाइ शैक्षिक सामग्री वितरण गरिएको छ। कार्यक्रममा अखिल (क्रान्तिकारी ) सल्यानका पुर्व अध्यक्ष टंक प्रकाश के .सी ,संगठन का अध्यक्ष गणेश क्षेत्री (प्रभाकर),संगठन का काेषाअध्यक्ष प्रभास क्षेत्री ,नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला सदस्य टाेप ,पार्टीका एरिया सदस्यहरु सुवास ,निर्मल ,रमेश र सुनिल लगायतको उपस्थित थियोे ।

कार्यक्रम मा संगठन का पुर्ब अध्यक्ष टंक प्रकाश के सि ले विद्यार्थी अान्दोलन न्याय र सत्य विजयको अर्को नाम भएको र राष्ट्रियता ,जनतन्त्र ,जनजिविकाकाे पक्षमा निरन्तर संर्घष मा रहेको विद्यार्थी अान्दोलन माथि गरिएको दमन मानवअधिकार स्वतन्त्रताको विरुद्ध अन्यायपूर्ण रहेको बताउनुभयो ।

 संगठन का जिल्ला अध्यक्ष प्रभाकरले संगठन सधैं वैज्ञानिक समाजवादी शिक्षा का निम्ति संघर्ष गरिरहेकाे,र हामी अाम विद्यार्थी अभिभावक कै विचमा रहेकाे बताउनु भएको छ ।याे देशका ९० लाख विद्यार्थी काे भविष्य अखिल (क्रान्तिकारी )ले मात्रै सुनश्चित गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया