कालीबहादुर नेपाली
जाजरकोट । जिल्लाका सात वटा स्थानीय तहले गत बर्ष सडक निर्माणलाई पहिलो प्राथमिता दिए । सडक निर्माणको काममा स्थानीय श्रमिकहरु काम गर्न पाइन्छ भन्ने आशाको दियो बालेर बसेका थिए ।
तर स्थानीय सरकारले स्थानीय कामदारलाई काममा नलगाई धमाधम डोजर प्रयोग गरेर सडक खन्ने काम सक्यो । स्थानीयहरु आशाको दियो निभाएर काम गर्न कालापार अर्थात भारत तिर लागे । स्थानीय सरकारले बनाएका सडकहरु अहिले भत्किएर बाटोमा हिड्ने बटुवालाई समेत असर परेको छ । जिल्लाको बारेकोट गाउँपालिकाले सक्ला देखि लिम्सा सम्म सडक खन्यो । तर सडक बर्खामा पहिरोका समस्याले गर्दा अहिले पनि वीचवीचमा पहिरोका ढिस्को बसेका छन् ।
सडक सुचारु समेत भएको छैन । कुशेगाउँपालिकाले पनि गत बर्षमा गाउँपालिका भित्रका सबै वडामा सडक पुर्यायो । काम गरेको प्रगति विवरण भित्र पर्र्याे । तर गत बर्ष निर्माण गरेका सडक अहिले लथालिंग छन् । काम कहिले हुने हो स्थानीय नागरिक प्रर्खाईमा छन् । स्थानीय सरकारले डोजर प्रयोग गर्दा विकास संगै विनासको ओइरो आउन थाल्यो ।
गाउँमा सडक खन्ने ठाउँका रुखहरु पनि काटिए । अहिले त्यहाँ पहिरोको ढिस्को मात्र देख्न सकिन्छ । कुशे गाउँपालिका र बारेकोट गाउँपालिकालाई उदाहरणका रुपमा मात्र लिन सकिन्छ जिल्लाका सबै स्थानीय तहको यो तितो सत्य कथा हो । स्थानीयको रोजगारी पनि खोसियो र काम पनि गतिलो नभएको स्थानीयको आरोप छ । जिल्लाको कुशेगाउँपालिका ६ का जगत विश्वकर्माले भनेर्, गाउँपालिकामा काम नभएको त होइन तर पनि अहिले जनतालाई हिड्न निकै समस्या हुन थालेको छ ।’
खलंगा पाँचकाटिया सडक खण्डको बर्षाै देखि स्तररोन्नती नहुँदा हिउँदमा हिलो बर्खामा धुलो हुने गरेको छ । बर्खामा हिलोका कारण १ घण्टाको बाटोमा ३ घण्टा लाग्छ भने हिउँदमा गाडी बाट झर्दा मुख नै छोप्नुपर्ने अवस्था आउँछ स्थानीय हरिमाया मगरले गुनासोे गरिन । जिल्लाको छेडागाड नगरपालिकाको मनघाट देखि दशेरा सम्मको सडक खन्ने काम धामधम भयो त्यहाँको पनि हालत उस्तै छ निर्माणमा डोजर नै प्रयोग गरिएको स्थानीय प्रकाश चदाराले बताए ।
अहिले त्यहाँको पनि बर्खा र हिउँको पिडा सुनाउनको विकल्प बाहेक अरु केही नरहेको उनको गुनासो छ । जिल्ला सदरमुकाम समेत रहेको भेरीनगरपालिकाको कालेगाउँ देखि रिम्ना सम्मको सडक निर्माणको स्तरनोन्ती नहुँदा अहिले यात्रुलाई यात्रा गर्न निकै समस्या परेको छ ।
स्थानीय सरकारको बार्षिक प्रगती विवरण प्रस्तुत गर्दा सकड विस्तार र स्तरउन्नती भएको भन्ने गथ्र्थे कता हो ? नागरिक प्रश्न सम्म सोध्ने थालेका छन । नागरिकका लागि गरिएको विकास नागरिकलाई नै विकासको अनुभुति भएपछि के विकास सकारात्मक तरिकाले भयो होला त सरोकारवाला समेत सोच्न बाध्य भएका छन् ।
स्थानीयको प्रश्न हाम्रो रोजगार खोसेको सडकको हालत किन यस्तो ? एक बर्षमा फर्किदा सडकको हालत देखेर आफुलाई चिन्ता लाग्ने उनीहरु बताउँछन् । सडकलाई पहिलो प्राथमिकता दिएका स्थानीय तहहरुले स्तरउन्नतीमा ध्यान नदिदाँ सवारी साधन देखि स्थानीयलाई पैदल हिड्न निकै समस्या परेको बारेकोट गाउँपालिका १ का सन्तोष विकले बताए ।
उनका अनुसार, धमाधम सडक खनिए अहिले पैदल यात्रा देखि घोडा खच्चडलाई हिड्न निकै समस्या भएको छ । बारेकोट गाउँपालिका ५ तोल्खानामा सडक खन्ने काम सकियो, तर अहिले सडक भत्किएका मात्र छैनन ।
गाउँ नै पहिरोको उच्च जोखिममा रहेको स्थानीय रतनबहादुर नेपालीले बताए । जुनीचाँदे गाउँपालिकाले निर्माण गरेका सडक पनि अहिले अवरुद्ध छन । सडकको स्तरउन्नती गरेर मात्र सवारी चलाउन सकिने गाउँपालिकाले जनाएको छ । #स्थानीय तहकाे काम # #बजेटमा कराेडाैँ काममा शुन्य #
















































। २९ भाद्र २०७७, सोमबार