मनछुने कथा ः एक गिलास दुध

XMA Header Image

शंकर विक
बारेकोट, जाजरकोट
हाल मलेसिया ।
कुनै बेला एकजना केटा एउटा ढोकाबाट अर्को ढोकामा सामान बेच्ने गथ्र्याे । एकदिन उसको कुनै पनि सामान बिकेन, तर उसलाई भने निकै भोक लागिरहेको थियो । तर त्यसपछि उसले एउटा निर्णय तय गरेछ ।

कि अब जुन ढोकामा जान्छ त्यो सित खाना माग्छु, ढोका ढक्ढकाउन बित्तिकै एउटी केटीले ढोका खोलीन, केटी देखेपछि ऊ आत्तिए छ र उसले खानाको ठाउँमा एक गिलास पानी मागेछ । केटीले बुझिसकेकी थिइन् कि केटा भोको छ त्यसैले उनले एउटा ठूलो दुधको गिलास लिएर आइन् र केटाले विस्तारै विस्तारै दूध सबै पियो, कति रुपैयाँ दिउ? केटाले सोध्यो “पैसा कुन कुराको लागि?

भनेर केटीले जवाफ फर्काइन “आमाले मलाई सिकाउनु भएको छ कि कसैलाई दया गर्छौ भने त्यो सित पैसा लिनु हुँदैन ।“ त्यसो भए म तपाईलाई मन देखि धन्यवाद दिन्छु भन्दै उ घरबाट निस्कियो । केही वर्षपछि ती केटी गम्भीर रुपले बिरामी पर्छिन । गाउँको डाक्टरले उनलाई उपचारको लागि शहरको ठूलो अस्पतालमा पुर्याइदियो। विशेषज्ञ डाक्टर जयबधबचम प्भििष् लाई बिरामी हेर्नको लागि बोलाइयो । जब उनले त्यही केटीको नाम सुने अनि उनको आँखामा उज्यालो पन आयो । जुरुक्क उठ्यो अनि केटीको कोठामा पुग्यो, उसले त्यो केटीलाई एकैपटकमा चिनेछ ।

उसले यस्तो एउटा योजना तय गर्यो कि ? त्यो केटिको ज्यान बचाउनको लागि उसले आकाश धर्ती एक गर्न पनि पछि नहट्ने कुरामा जोड दियो, अन्तमा उसको मेहनत र लागतमा रङ आयो केटीको ज्यान बच्यो । डाक्टरले अस्पतालको अफिसमा गएर त्यो केटीको उपचारको बिल लियो, त्यो बिलको र एउटा कुनामा नोट लेखेर त्यो केटीको हातमा पठाइदियो । प्त दष्िि देखेर आत्तीइन उनलाई थाहा थियो त्यो बिरामीबाट त उनी बाचिन ।

तर त्यो बिलको रकमले ज्यान लिन्छ, त्यसपछि उनले बिस्तारै त्यो बिललाई खोलिन रकमलाई हेरिन र फेरि अचानक उनको नजर कलमले लेखिएको नोटमा गयो । त्यहाँ लेखिएको थियो“एक गिलास दूध द्वारा यो बिलको भुक्तानी गरिएको छ ।

त्यसको तल डाक्टरको हस्ताक्षर थियो । खुसी र अचम्म ले त्यो केटीको गालामा आँसु टप्कियो, उनले दुवै हात माथि उठाएर भनिन् हे भगवान तपाइलाई धेरै धेरै धन्यवाद मलाई थाहा थिएन कि तपाईंको प्रेम हृदयमा मात्र हैन हातमा पनि रहेछ !

तपाईको प्रतिक्रिया