जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकाको एक विद्यालयले २ बर्षको छात्रवृत्रि वितरण नगरेको पाइएको छ । गाउँपालिकाको वडा नं ५ कार्कीज्यूला रहेको सीता माद्यामिक विद्यालयले २०७५ साल देखि हाल सम्मको छात्रवृत्रि वितरण नगरेको पाइएको हो ।
सरकारले गरिव, जेहेन्दार, दलित ,महिला , अपांग पिछडिएका छात्र छात्रालाई वितरण गर्दै आएको छात्रवृत्रि विद्यार्थी सम्म नपुगि विच बाटो मै शिक्षकले झ्याम पारेका छन । छात्रवृत्रिको भरमा विद्यालयमा पढ्ने विद्यार्थीहरुको स्कुल नै छुट्यो तर विद्यालयका शिक्षकले विद्यार्थीलाई छात्रवृत्रि दिएनन् । यस्तो शिक्षकको हर्कतले सयौँ विद्यार्थीको भविष्य माथी खेलवाड गरे तर सम्बन्धित निकाय वेखबर भएको स्थानीयको आरोप छ ।
बारेकोट गाउँपालिका भित्रका झन्डै एक सय भन्दा बढी बालबालिका गरिवीकै कारण शिक्षाको पहुँच भन्दा बाहिर रहेको शिक्षा विज्ञको भनाई छ । बारेकोट गाउँपालिका ६ ताँसीका माया विकलाई पढाई खर्च जुट्याउन हैरान हुन्छ । सरकारले दिएको छात्रवृत्रि शिक्षकले दिदैनन पढाई खर्चकै लागि विहान वेलुका अरुको काम गर्नुपर्ने बाध्यता रहेको बताउँछिन ।
उनी जस्ता थुप्रै विद्यार्थीहरु पढाई खर्च जुट्याउन अरुकै काम गर्नुपर्ने बाध्यतामा रहेको वेला सरकारले पढाई खर्चमा सहजता पुर्याउन दिने छात्रवृत्रि विच बाटोमै खाने शिक्षकलाई कारबाही गर्न स्थानीयले माग गरेका छन । सरकारले पठाएको छात्रवृत्रि विद्यालयका तत्कालिन प्रधानध्यापक भुमिलाल शाही र विद्यालय व्यवस्थापन समितीको अध्यक्षको खातामा जम्मा भयो ।
विद्यार्थीको ६३ हजार छात्रवृत्रि प्रधानध्यापकले विद्यालय व्यवस्थापन समितीको वैठकले विद्यालयको छाना निर्माण गरेको बताउँदै आएका छन । उनले भनेर्, तत्कालिन समयमा सबैको उपस्थितीमा हिसाव किताव गरियो, विद्यालयको छाना बनाउँदा १ लाख ३६ हजार मेरो व्यक्तिगत खर्च भएको छ, अझै मैले लिन बाँकी छ ।’
तत्कालिन प्रधानध्यापक र व्यवस्थापन समितीका अध्यक्षले कसरी पैसा लिए भनेर स्थानीयले आवाज उठाए तर सुनुवाई नभएको स्थानीय अभिभावकको भनाई छ । विद्यालयका हालका प्रधानध्यापक तिलक खत्रीले पनि २०७५ सालको आफुलाई थाहा छैन भन्दै पन्छिने गरेका छन । उनले भनेर्, २०७६ हाल देखिको सबै विवरण म देखाउँछु ।
विद्यार्थीलाई छात्रवृत्रि दिने निर्णय पनि गरिएको छ ।’ तर २०७६ भन्दा अगाडिको आफु जिम्मेवारी नहुने बताए । २ बर्षको पढाई सकियो, छात्रवृत्रि भने विद्यार्थीले नपाएको गुनासो गरेका छन । यता जिल्ला शिक्षा समन्वयन ईकाई जाजरकोटका प्रमुख अमृता ढकालले कानुनले सबै अधिकार गाउँ शिक्षा ईकाईलाई दिएकोले छलफल गाउँ शिक्षा कमिटीले गर्ने बताइन । उनले भनिन्र्, छात्रवृत्रि नपाएको गुनासो आउँछ कानुनमा अधिकार नदिएकोले हामीले कुनै काम गर्न पाउँदैनौ ।र्’ कारबाहीका लागि माथील्लो निकायको समर्थन चाहिन्छ भन्दै कानुनमा सबै गाउँ शिक्षाले गर्ने भनेको छ यसमा हाम्रो हात रहदैन उनले थपिन ।’
बरु गाउँ शिक्षा इकाईलाई सम्पर्क गर्न आग्रह गरिन । बारेकोट गाउँपालिका शिक्षा शाखाका प्रमुख रामबहादुर मल्लले बारेकोट गाउँपालिका भित्र छात्रवृत्रि वितरण नगरेको विद्यालय सिता मा.वि कार्कीज्युँला रहेको बताए । उनले भनेर्, २०७५ साल देखिको छात्रवृत्रि वितरण नगरेको गुनासो आएको छ । हामीले विद्यालयलाई पटकपटक पत्र लेखेर पठाएका छौँ ।
तर कोरोनाको महामारीले गर्दा सबै पुरा हुन नसकेको उत्तर आउँछ ।’ र्, २०७५ सालमा गाउँपालिकाको शिक्षा शाखा नै व्यवस्थित नभएकोले गाउँपालिका बाट कति रकम गएको थियो मलाई थाहा छैन । २०७६ सालमा सीता मा.वि. कार्कीज्यूलामा आ.व. २०७६÷०७७ मा कक्षा १ देखि ८ सम्म २८ हजार ४ सय र कक्षा ९ देखि १० कक्षा सम्म २८ हजार ४ सय गाउँपालिकाले दिएको उनले थपे ।’
विपन्न विद्यार्थीको छात्रवृत्रि हिनामिना गर्ने शिक्षक , विद्यालय व्यवस्थापन समितीलाई तत्काल कारबाही गर्ने समेत प्रमुख मल्लले जानकारी दिए । #भेरीमालिका दैनिक#
















































। २३ भाद्र २०७७, मंगलवार