विषालु साग खाएका विरामीको उद्धार , सुर्खेतमा उपचार हुदैँ

No description available.

जाजरकोट । उपल्लो डोल्पामा बिषालु साग खाएर बिरामी परेका जाजरकोटका पाँच जना मध्ये चारको हेलिकप्टरबाट उद्धार गरिएको छ । उद्धार हुनेमा नलगाड नगरपालिका ५ का बर्ष ३६ का बिष्णु कुसारी, सोही ठेगानाका बर्ष ३८ का टेकबहादुर वली, वडा नं. ४ बस्ने बर्ष १८ का अजय वली र वडा नं ८ बस्ने बर्ष ३३ का शिबराज केसी रहेका छन् ।

सँगै बिरामी परेका बर्ष १९ का नरेन्द्र वलीको अवस्था सामान्य भएको भन्दै उद्धार नगरी जिल्ला अस्पतालमै उपचार शुरु गरिएको छ । एकै पटक सबै जनालाई लैजान नसकिने भएकाले जटिल अवस्थार हेरेर उद्धार गरिएको बताउँदै डोल्पा जिल्ला अस्पतालमै राखिएको वलीको अवस्था हेरेर बुधबार उद्धार गरिने बताइएको छ ।

हेलिकप्टरबाट उद्धार गरिएका मध्ये बिष्णु कोसारी बाहेक अन्य तीन जनाको अवस्थामा सामान्य पाइएको जिल्ला अस्पतालले जनाएको छ । उनीहरु सबैलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिए ।

सोमबार बेलुकीको खानामा गुम्बा वरिपरी पाइने स्थानीय साग ल्याएर पकाएर खाए लगत्तै सबैजना बेहोस भएको प्रहरीले जनाएको छ । संघीय सरकारका वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको पहलमा हेलिकप्टरबाट बिरामीको उद्धार गरिएको थियो । सुर्खेतकाे कालागाउँमा उपचार भइरहेकाे छ । ति मध्ये एकजनाकाे अवस्था गम्भीर रहेकाे छ ।

तपाईको प्रतिक्रिया