अपहरण शैलीमा विवाह गर्ने पक्राउ

खड्क सुनार मुगु । आफनै भतिज लाई बालिका विवाह गराउन खोज्ने काकालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । हुम्ला जिल्ला चंखेली गाँउपालिका वडा नं १ दार्मा गाँउकाका सिंह बहादुर नेपालीलाई मुगु जिल्ला सोरुगाँउपालिका वडा नं ३ का एक १५ बर्षे बालिकालाई अपहरणको शैलीमा भतिजोसंग विवाह गराउने प्रयास गरेको भन्दै मुगु प्रहरीले पक्राउ गरेको हो ।

घटनाक्रम अनुसार गत पुस २० गते बालिकाको गाँउमा मेला चलिरहेको बेला प्रतिवादी काका सहित १९ बषर््ािय भतिजो श्रीलाल नेपाली,छिमेकीहरु कन्न नेपाली र कमल नेपाली मेला हेर्न गाँउमा आएका बेला राती बालिकालाई अपहरणको शैलीमा उठाएर केटाको गाँउ हुम्ला दार्मा पुराएका थिए ।
३ दिन काकाको घरमा राखेर पुन चौथो दिनमा अर्को छिमेकीको घरमा राखेको र त्यहाँपनि २ दिन राखेपछि फेरी केटाको घरमा राखेका थिए ।

केटाको घरमा बालिकालाई केटाले अशोभाविक कृयाकलाप गर्ने प्रयास गर्न थालेपछि १ हप्ता पछि केटी राती भागेर हुम्ला जिल्ला कै जैर गाँउमा रहेकी आफनी दिदिको घरमा पुगिन ।
पुन केटाका काका सहित चारै जना बालिकालाई लिन जैर पुगेपछि त्यहाँबाट भागेर आफनै गाँउ नेरमा पुगेकी बालिका लाई लिन केटाका आफन्त नेरमा पनि पुगेपछि बालिका आफनै गाँउबाट रातारात भागेर जिल्ला सदरमुकाम गमगढीमा आएको प्रहरीले बालिकाबाट लिएको बयानमा उल्लेख गरिएको छ ।
मुगु जिल्ला सदरमुकाममा समेत केटा पक्ष खोज्दै आएपछि बालिका सदरमुकाममा लुकेर बसेकी थिईन । ३ दिनसम्म सदरमुकाम गमगढीमा बालिकालाई खोज्दा पनि नभेटेपछि काका बाहेक अरु घर फर्केका थिए । सबै घर गएको भन्ने थाहा पाएपछि बालिका माघ १३ गते साँझ बजारमा निस्कदा काकाले देखेपछि समाएर घर तिर लिन लछारपछार गर्दा बालिका कराएपछि गस्तीमा रहेको प्रहरीले थाहा पाई काकालाई पक्राउ गरेको थियो ।

१९ बर्ष भतिजो र १५ बर्षिय बालिकका विच बाल विवाह गर्न खोज्ने नेपाली सहित चारै जना विरुद्घ प्रहरीले अपहरण शरिर बन्धक र जवरजस्ती करणीमा मुद्धा चलाएको छ । प्रतिवादी ३ जनालाई पक्राउ गर्न मुगु सोरुकोटबाट हुम्ला दार्मा गाँउमा २ दिन हिडेर प्रहरी पुगेपनि प्रतिवादीहरु फरार रहेकाले कोही पक्राउ परेका छैनन र फरारलाई पक्राउ गर्न हुम्ला प्रहरी र मुगु प्रहरी खोजी मै रहेको प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताए ।

सबै प्रमाणहरु जुटीसकेको छ पत्रकारहरुसंगको कुराकानीमा प्रनाउ साहले भने एक त बालिका त्यसमा पनि अपहरणको शैलीमा उठाएर ठाँउ ठाँउमा बालिकालाई खोज्दै हिडेकोले बालविवाह अपहरण र जवरजस्ती करणी अभियोगमा मुद्धा चलाईएको प्रहरी नायव उपरिक्षक साहले बताए

तपाईको प्रतिक्रिया