MCC किन घातक ??

सिरियामा करिब ९ वर्षदेखि जारी गृह युद्धमा मृत्यु हुनेको सङ्ख्या तीन लाख असि हजार भन्दा बढी पुगिसकेको छ । युद्धमा मृत्यु हुने मध्ये एक लाख १५ हजार युद्धमा सहभागी नरहेका नागरिक रहेको सार्वजनिक नयाँ तथ्याङ्कमा उल्लेख छ जस मध्य मारिनेमा २२ हजार बालबालिका र १३ हजार महिला रहेका छ । त्यति मात्रै होइन द्वन्द्वका कारण करिब एक करोड ३० लाख सिरियाली नागरिक आन्तरिक वा बाह्यरूपमा विस्थापित भइसकेको पनि तथ्याङ्कले जनाएको छ । प्रमाणित भैसकेको कुरा हो : सिरियाको गृहयुद्ध चर्काउने ISIS को जन्मदाता अमेरिका थियो, तिनैको सहयोग, तालिम
गोलिगत्थाबाट सिरियाको सत्ता परिबर्तन गराउन भिषण युद्ध गरिरहेका छन ।

बर्माको रोहिंग्या उचाल्ने पनि तिनै पश्चिमा हुन् र काचिन प्रान्तमा काचिन जातिलाई पहिला क्रिश्चियन बनाउने र अहिले अलग्गै काचिन राज्य चाहिन्छ भन्दै गृहयुद्ध गराउने, हातहतियार सहयोग गर्ने पनि तिनै पश्चिमा हुन् । आफ्नो निर्देशन अनुसार बर्मामा जातीय युद्ध अगाडी बढाउन मदत नगरे पछि बर्माकी प्रजातान्त्रिक नेतृ आङ्साङ्ग सुकीले पाएको ‘फ्रिडम अफ द सिटी’ पदक खोस्ने तिनै पश्चिमा हुन् । त्यति मात्रै होइन बर्मामा पश्चिमाको खेल मैदान बनाउन नपाए पछि क्यानाडाले दिएको मानार्थ नागरिकता पनि त्यहाँको संसदले खारेज गरिसकेको छ ।

अब हामी MCC र यसको शर्त तर्फ सामान्य छलफल गरौँ । MCC ले खर्च गरेको बजेट शिर्षक नेपालले अध्यन गर्न नपाउने, उसले मागेको क्षेत्र उसैलाई भोगचलन गर्न दिन पर्ने, नेपालको कुनै ऐन कानुन नियम नलाग्ने र त्यहाँ के भइरहेको छ भनेर अनुगमन गर्न नपाइने कारणको बारेमा सिरिया, इराक, अफगानिस्तानको द्वन्द हेर्दा पुग्छ । संबिधान निर्माण पश्चात १७ ओटा जातीय राज्य हुनुपर्छ भन्दै नेकपा अध्यक्ष प्रचण्ड मार्फत जातीय झगडाको बिउ रोप्न उद्धत तिनै पश्चिमा हुन् । दार्जिलिंगको अर्थोडक्स चर्चको पाँदरी गोपाल गुरुङ्गले स्थापना गरेको MNO संगठनको नाममा नेपाली आदिबासी जनजातिलाई उल्लू बनाएर जातीय झगडाको बिष घोल्ने पनि तिनै पश्चिमा हुन् । जब MCC को नाममा आउने बजेट खर्चको अनुगमन गर्न अमेरिकाले दिंदैन भने त्यसको उदेश्य त्यसको लगानी यिनै जातीय द्वन्दको संगठनमा नभएर कहाँ हुन्छ ? किन लेक-लेकको बस्तीमा चर्च बनि रहेका छन ? भोलिको जातीय द्वन्दको तालिम तिनै चर्चमा नभएर कहाँ होलान ?

तपाईको प्रतिक्रिया