
जाजरकाेट । हाल वैदेशिक रोजगारीमा रहेका नलगाड नगरपालिका ६ का विवेक संगमले पहिरो प्रभावितलाई पाँच हजार सहयोग गरेका छन ।
गत साउन २४ गएको पहिरो पिडित नलगाड नगरपालिका ६ का मानबहादुर विकको परिवारलाई मलेसियामा रहेका संगमले नेपाल यूवा परिषद जाजरकोटका अध्यक्ष प्रविन विकको पहलमा आर्थीक सहयोग गरेका हुन ।
मनकारी संगमले नेपालमा रहेका सबैलाई आपत्त विपत्तको वेला सहयोग गर्ने बताए । वैदेशिक रोजगारीको अवस्थामा पनि सहयोग गर्ने क्लवको गठन गरेको समेत बताए ।
साउन २४ गते गएको पहिरोका कारण मानबहादुर विकको परिवार अहिले छिमेकीको सहायतामा बसेका छन । सहयोग गर्ने संगमको घर पनि वडा ६ मा नै पर्छ ।
















































। १४ भाद्र २०७७, आईतवार