
जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकामा गत असार २५ गते गएको पहिरो बाट प्रभावित वडा नं ४ का पिडित परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।
विश्व खाद्य कार्यक्रमले दिएको खाद्यान्न वडापालिका भित्रका ३ सय ३३ जनालाई वितरण गरिएको वडाध्यक्ष सिर्जना बस्नेतले जानकारी दिइन । उनका अनुसार प्रत्येक परिवारलाई ३० केजी चामलका साथै, ९ केजी दाल, १ केजी नुन र २ लिटर तेल वितरण गरिएको छ ।
गर्भवती तथा २ बर्ष मुनिका बालबालिकालाई पोषिलो मिठो समेत वितरण गरिएको छ । विश्व खाद्य कार्यक्रमले बारेकोट गाउँपालिका भित्रका ७ सय ७४ जनालाई खाद्यान्न सहयोग गरेको विश्व खाद्य कार्यक्रममा कोडिनेटर कृष्ण थापाले जानकारी दिए । गाउँपालिका भित्रका १ हजार २ सय परिवार पहिरो बाट प्रभावित भएका छन ।
















































। १४ भाद्र २०७७, आईतवार