
जाजरकोट । जिल्लाको नलगाड नगरपालिका ६ घर भएका नरेन्द्र विकले आफ्नो जन्मदिनमा पहिरो पिडितलाई सहयोग गरेका छन ।
नेपाल यूवा परिषद जाजरकोटका अध्यक्ष प्रविन विकको पहलमा पिडित परिवारलाई सहयोग गरेका हुन । उनले आफ्नो जन्मदिनमा गत साउन २४ गते गएको पहिरो पिडित मानबहादुर विकलाई ५ हजार सहयोग गरेको अध्यक्ष विकले जानकारी दिए ।
नरेन्द्र जागीरको सिलसीलामा भरतपुर चितवनको कोलेनिकामा सह लेखापालको रुपमा कार्यरक्त छन । गत साउन २४ गते गएको पहिरोले मानबहादुर विकको घरमा क्षति पुर्याएको छ । उनीहरु अहिले छिमेकीको घरमा बस्न बाध्य छन ।
अत्यावश्यक कागजात, लत्ताकपडा, लगायतका अत्यावश्यक समान सबै पहिरोले बगाए पछि परिवार विच्चलीमा रहेका छन । के खाने लाउने भन्ने समस्याले सताएको पिडित परिवारको भनाई छ । यस्तो विच्चलीमा परेको परिवारलाई सहयोग गर्नु ज्यादै राम्रो भएको नेपाल यूवा परिषद जाजरकोटका अध्यक्ष प्रविन विकले बताए ।
















































। १३ भाद्र २०७७, शनिबार