बारेकोटका सम्भावना र चुनौती

                            आचार्य धुर्ब शर्मा 

                           बारेकाेट ९ सक्ला, जाजरकाेट ।

जाजरकोट जिल्लाको उत्तरी पुर्वी भेगमा रहेको सुन्दर बस्ती बारेकोट भन्ने हो भने साच्चिकै स्वर्गको टुक्रा पनि हो । उत्तरी भेगमा जुम्ला जिल्ला , पुर्बमा डोल्पा जिल्ला सङ्ग, दक्षिणमा नलगाड नगरपलिका र पश्चिममा कुशे गाउँपालिका सङ्ग मित्रता जोडेको बारेकोट गाउपालिका भौगोलिक बिकटता भएपनि जिल्लाकै सबै सबैभन्दा राम्रो भूगोल मिलेको पालिका हो । साबिक सक्ला, नायकवाडा, रोकायगाउँ र रामिडाँडा चार वटा गाबिस मिलेर बनेको गाउँपालिकामा प्रचुर सम्भावनाहरु रहेका छन। प्रचुर सम्भावना बोकोको बारेकोट बिभिन्न ठाउँमा रहेका बाह्र ओटा कोट मिलेर बारेकोट बनेको देखिन्छ ।

बाह्रै महिना हिउँले ढपक्क ढाकिरहने कुशेमुशे हिमाल सङ्ग जोडिएको चाखुरे हिमालको पहिचान नै बेग्लै रहेको छ । चाकुरे हिमालको काखमा अबस्थित साइक्वाँरी ताल बारेकोटको अर्को चिनारी हो । साइक्वारी ताल लाई शिर बनाएर तल्लो भागमा सुन्दर बस्तिहरु बसेका छन । यि सुन्दर बस्तिमा सबै जातजातिका मानिस हरुको बसोबास रहेको छ ।

ब्राह्मण , खस आर्य, जनजाती, र दलित समुदाय मानिसहरुको जमात रहेको यस क्षेत्रमा हिन्दु धर्मावलम्बी हरुको बाहुल्यता छ भने अन्य धर्म मान्य मानिसहरुको जमात पनि बढ्दै गएको देखिन्छ । अझै पनि अधिकांश मानिहरु रुढीबादी प्रबृत्तिमा रमलिएका छ्न ।भौगोलिक बिकटता र यातायातको पहुँचमा नहुदा पर्यटन क्षेत्रमा पछि परे पनि यहाँको हावापानी ,तात तलैया , सधा हाँसिरहने हिम चुचुराहरु , सधा नची रहने ति डाँफे मुनाल , बिश्वमै दुर्लभ रहेको रेडपाण्डा , विभिन्न प्रकृतिक बनावटका गुफा मठ मन्दिर , देवी देबता, बर्षा याममा  बिभिन्न प्रकृतिका झरना , सम्पुर्ण बारेकोटको भु भुभाग लाई अवलोकन गर्न सकिने रामिडाँडामा रहेको भिउ टावर र सिङ्गो बारेकोट लाइ दुई भागमा बिभाजन गरेर बिचमा कलकल बग्ने नर्सिङगाड यि सबै बारेकोटको चिनारी हुन ।

बारेकोटका परम्परागत मौलिक संस्कृतिहरु बिस्तार बिस्तारै लोप हुदै गएका छ्न! जसको संरक्षण र सम्बर्द्धन लागी बारेकोटका समग्र युवाहरु एक भएर मौलिक नाचहरुःख्याली , पैसेरी , सिङ्गारु , खारो नाच र मयुर नाच जस्ता बिभिना नाचहरु सङ्गै लोकभाका हरु , लोक झाकीहरु, हस्तकला लगाएत मौलिकता झल्काउने कलाहरु लाइ बारेकोटको बिकास सङ्गै कला हरुलाइ लाइ संरक्षण र सम्बर्द्धन गर्दै लिना जरुरी देखिन्छ ।

आम्दानीको स्रोत ः यहाँका मानिसहरुको आम्दानिको प्रमुख स्रोत कृषि र पशुपालन रहेको छ । कृषि र पशुपालन सङ्ग सङ्गै जिबन सहजीकरण गर्नाको अलावा यहाँका लेकाली क्षेत्रमा पाइने बिभिन्ना किसिमका जडिबुटीहरु मुलसामको लेखमा पाइने यार्सागुम्बा , लेकाली भेगमा रहेका सेतो चिनी ( खिरेङ्लो), घुच्ची च्याउ जस्ता जडिबुटीहरु संकलन र बिक्री बितरण गरेर आम्दानी गरेको पाइन्छ ।

केहि मानिसहरु आफ्नो गुजारा चलाउनको लागी भारत तिर जाने गरेका छन । भारतमा जति दुख गर्छौ त्यो भन्दा कमै मत्रामा बरेकोटमा दुख गर्ने हो भने त्यहाँ भन्दा यहाँ राम्रो आम्दानी गर्न सकिन्छ । पशुपालन अन्तरर्गत यहाँ एउटै परिवारमा भेडा च्याङ्ग्राहरु पालेर राडी पाखी बनाउने यहाँको पुरानै पेशा हो । बारेकोटमा बनेका राडीपाखी र उनिका कोटहरु देशका ठुलाठुला ओदामा रहेका ब्यतिहरुले प्रयोग गरेको देखिन्छ ।

प्रमुख खाद्यान्न बालीमा धान,गहुँ ,मकै,कोदो ,फापर , जौ लगाएतका खेती गरिन्छ । तेलहन तर्फ तोरि , तिल, सुर्यमुखी आदि खेती गरिन्छ। दलहन बाली तर्फ भटमास , सिमि , मसुरो, केराउ, मास आदि उत्पादन हुने गर्दछ। बारेकोटी गाभा अझै भनौ चर्चित तरकारी भित्र पर्दछ। यि सबै बारेकोटको उत्पादन र आम्दानी स्रोत हुन । साच्चिकै भन्ने हो भने बारेकोट आफैमा आत्मनिर्भर छ । थोरै मेहनत मात्र गर्ने हो भने सबैथोक यहीँ पाउछ ।

सम्भावनाहरुः जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका देशकै एउटा आर्थिक समृद्धिको प्रचुर सम्भावना बोकेको क्षेत्र हो । रोकायगाउँमा रहेको तामाखानी लाई अध्ययन गरेर संचालित गर्ने हो भने यहाँको प्रमुख आयस्रोत नै तामाखानी हुन सक्छ। लुहाग र मुलसाम पाइने ढुङ्गाखानी बाट काइनाइट र टुरमालिक ढुङ्गाले सिङ्गो बारेकोट लगाएत अधिकांश ठाउँमा घरहरु छौन सहज भएको  देखिन्छ । सम्र्वद्धन र विकास गर्न सक्ने हो भने नायकबाडामा रहेको फलामखानी  आर्थिक समृद्धिको मुल आधार हुन सक्छ। फलाम खानिको नजिक बाजगाज बजाउदा खानी भत्किन्छ भन्ने परम्परागत चलन रहेको देखिन्छ ।

यहाँका रमणीय पर्यटकीय क्षेत्रहरु चाखुरे हिमाल , साइक्वाँरी ताल, शङ्ख दह, यहाँका रमणीय झरनाहरु लैखमको रापानी झरना , नहुमुली झरना , रुपा झरना लगाएतका झरना हरु र हराबरा बनजङ्गल राष्ट्रिय पन्छी डाँफे लागाएत बिभिन्न चराचुरुङ्गी , बाह्र सिङ्गे, कस्तुरी ,घोरल, झारल , मृग , काठेबाघ र विश्वमा दुर्लभ भएको जनवर रेडपान्डा जस्ता जनावरको संरक्षण गर्ने हो भने बारेकोट पर्यटक आकर्षणको केन्द्रबिन्दु हुने सम्भावना देखिन्छ । विभिन्न किसिमका जडिबुटी लाइ संरक्षण गर्न सक्ने हो भने धेरै सम्भावना बोकेको देखिन्छ।

बारेकोटमा रहेको जडिबुटी र व्यासायिक  फलफूल खेती उच्च भेगमा स्याउ खेती, किबि , सुन्तला , कागती, केरा , आप खेती बृहत रुपमा उत्पादन गरेर बिक्री बितरण तथा प्रसोधन गर्ने हो भने बारेकोटले छिट्टै आर्थिक समृद्धि हासिल गर्ने देखिन्छ । हाल विभिन्न क्षेत्रमा सडक संजालहरु जोड्ने काम भैरहेकाले यहाँको उत्पादनलाई प्रसोधन गरेर बजार सम्मा पुर्याउनु सजिलो हुनेछ साथै यहाँको शिक्षा स्वास्थ जस्ता पक्षहरु जनताका लागी सहज हुने आम्दानिको स्रोतहरु वृद्धि हुने र यहाँको गरिबी न्यूनीकरण हुने सम्भावना देखिन्छ।

अझै भनौ देशको गौरवपुर्ण आयोजना ४ सय १७ मिगावटको नलगाड हाइड्रोपावर बारेकोट गाउँपालिका भित्र पर्दछ । यस क्षेत्रमा आयोजना निर्माण भए पश्चात् जलाशयले बारेकोटको अधिकाङ्श ठाउँहरु पर्यटकीय क्षेत्र हुने सम्भावना  देखिन्छ। आयोजना संचालन भएमा यहाँ होटेल ,ब्यबसाय , ठुला ठुला रेष्टुरेन्ट हरु संचालन हुने , प्रशस्त रोजगारीको अवसर हरु सिर्जना हुनुको साथै उज्यालो बारेकोटको सपना पुरा हुने ठुलो सम्भावना रहेको छ ।

चुनौतीहरुः         बारेकोट क्षेत्र प्रचुर सम्भावना भएको ठाउँ हुदा हुदै पनि यहाँ शिक्षा , स्वास्थ , यातायात , सन्चार , जस्ता समस्याहरूले यहाँको जन जिबिका कष्टकर बनिरहेको छ । बिरोजगारी समस्याले यहाँको युबाहरु बिदेशीने बाध्यात्मक अबस्थाको सिर्जना भैरहेको छ।

आधारभुत तथा गुणस्तरीय शिक्षाको अभावमा थुप्रै बालबालिकाले गुणस्तरीय शिक्षाबाट बन्चित हुनु परेको छ। ज्वरो आउदा समन्य  सिटामोल नपाइने तथा स्वास्थ उपचारको अभावमा कयौं सुत्केरी आमा हरुले अकालमै ज्यान गुमाउनु पर्ने समस्याहरु ब्याप्त छ्न।

भौगोलिक बिकटताले सडक संजालहरु जोड्ना कठिन छ । एक गाउँ बाट अर्को गाउँ जान झन्डै घन्टौ हिड्नु पर्ने समस्याहरु छन । व्यावसायिक खेती गर्ने प्रचुर सम्भावना हुदाहुदै स्रोत साधन र ज्ञानको अभावमा यहाँ कृषक हरुले परम्परागत कृषि प्रणाली बाट गुजारा चलाइ रहेका छ्न ।

बिश्व डिजिटल रुपमा अगाडी बढिरहेको बेला यहाँ टेलिफोन, इन्टरनेटका  समस्याहरु यथावत छ्न। शिक्षा , स्वास्थ , रोजगारी , सन्चार , बिधुत र खानेपानी जस्ता समस्या हरु समाधान गर्न व्यावसायिक खेतीमा आधुनिकरण गर्दै यहाँ मानिसहरुको आयआर्जनमा वृद्धि गरि जिबन स्तर माथि उठाउनु यहाँको प्रमुख चुनौती रहेका छ्न ।

सिङ्गो बारेकोटका सपनाहरु पुरा गर्नाका लागी यहाँका बुद्दिजिबी बर्ग ,यहाँको शैक्षिक जगत, शिक्षक , बिद्यार्थी , कर्माचारीतन्त्र, सामाजिक अभियान्ता, सामाजिक बिकास र परिबर्तनमा महत्त्वपूर्ण भुमिका निबाह गर्ने संघ संस्थाहरुले यहाँको विकास र समृद्धिमा अग्रणीय भुमिका निर्वाह गर्नु पर्ने देखिन्छ।

अझै भनौ बारेकोटको समृद्धिका लागि यहाँका युबाहरुको आहम भुमिका रहने छ । सबै बर्गक्षेत्र , बिचारधारा भएका युबाहरु एकजुट भएर आर्थिक, सामाजिक, सस्कृतिक बिकास र यहाँ रहेका पहिचान झल्काउने खालका पौराणिक कला, सस्कृती हरुलाइ संरक्षण र सम्बर्द्धनका लागी आ आफ्नो क्षेत्रबाट सबैले एक्यवद्धता देखाउन जरुरी छ ।

 

तपाईको प्रतिक्रिया