गजलकार प्रकाश विश्वकर्माका उत्कृष्ट ४ गजल आहा !

No description available.प्रकाश विश्वकर्मा
कुशे गाउँपालिका २ टालेगाउँ ।

 

 गजल
काडालाई फुल देख्ने छेउ प्रेम गरेर त हेर
हृदय फुल्ने छ मायाको बिज छरेर त हेर

कसैको अघि अविरल आँसु झरि रुने छेउ
एकतर्फी मायाको वियोगमा परेर त हेर

कतिन्जेल टाढा बसेर घृणा मात्र गर्छेउ
अथाह ~माया गर्नेछ नजिक सरेर त हेर

अनौठो आभास हुनेछ जीवनमा प्रेमको
सयौं जङ्गारहरु हात समाएर तरेर त हेर

ढुङ्गालाई माटो, माटोलाई ढुङ्गा भर परे झै
साथमा संगै उकाली ओराली झरेर त हेर

गजल
मैले जस्तै प्रिय तिमले प्यार गरिदेउ
एकै क्षणलाई हैन सदा बार गरिदेउ

मेरो मनलाई तिम्रा दक्ष नयनले हेरेर
उजाड भएको जिन्दगी बहार गरिदेउ

तिम्रा सम्झनाहरुले जलेको दाग हो
अंगालेर यो मनलाई उपचार गरिदेउ

म बाल्ने छु दीप अन्धकारमा प्रेमको
मनै सम्फी मेरो मनमा संघार गरिदेउ

गजल
अदभूत माया गर्दागर्दै छोडी गए पाप लाग्ला
बेवास्ता गरि मेरो मन तोडि गए पाप लाग्ला

यति निश्चल माया गर्दा, घृणा दिएर हृदय भरि
छुरा रोपि अन्तै माया मोडि गए पाप लाग्ला

हरेस खादै छ मनले मेरो,आँसु झार्दै अँखा भरी
अर्कै कुटुम्ब संग साइनो जोडी गए पाप लाग्ला

हेर्दाहेर्दै आखै सामु तिम्रो बिहेको बाजा बज्दा
त्यही घुम्टो पराईको ओडि गए पाप लाग्ला

गजल
केहि मिठा पल, केही तिता पल, कटाए पछि थाहा भयो
माया के हो ? एकतर्फी यादहरुले सताए पछि थाहा भयो

तिमीलाई सम्झी, गल्ती गर्दिन भन्दा मान्छे हु गल्ती नै हुन्छ
सुन्सान कोठा भित्र डाको छोडि रुदै कराए पछि थाहा भयो

बगरका दुई किनार झै छुटे पछि आफ्नै सम्झेर तिमीलाई
बारम्बार निरर्थक एकसुरे सन्देश पठाए पछि थाहा भयो

रिस र घृणाले भरिए पछि,यो मयालु बिनाको यो हृदय भरि
उनकै सम्झनामा एकोहोरो कलम चलाए पछि थाहा भयो

तिम्रो तिरस्कारले सजायका सपना सबै बिनसित्ति भए पछि
निराशाको दीप बल्यो तिम्रै तस्बिर जलाए पछि थाहा भयो .

तपाईको प्रतिक्रिया