
झलक वली
नलगाड न.पा. २ जाजरकोट ।
गजल
के कारणले हो कुन्नी खै चिन्ता लाग्न थालेको छ
हिजो आज अलि निकै चिन्ता लाग्न थालेको छ
बाबा म त पढ्छु अब भन्दै छोरो सहर पस्यो
छोरी पनि त ठुली भै चिन्ता लाग्न थालेको छ
बल्दा बल्दै म नि कतै सकिएर जाने हुँ कि
मैनबत्तिको सिखा जस्तै चिन्ता लाग्न थालेको छ
मनमा बस्नु पर्ने मान्छे आखामा गई बस्यौ
खस्ने हौ कि आँसुसगै चिन्ता लाग्न थालेको छ
गजल
नमान्छेको हुल जस्तो नभेडाको बथान जस्तो
यहाँ अरु नै केही आएको छ तुफान जस्तो
जादा बाटोमा खुट्टाले कुल्चदै गएथे पत्थर
मन्दिर पुगेपछी पो लागेको हो भगवान जस्तो
तिमी आकासको फल, म भत्किएको धरातल
तिमीलाई पाउने आस पनि भो उखान जस्तो
मान्छे बन्न मनमा गतिला बिचारहरु बोक्नोस
काधमा पहाडै बोक्न नसके पनि हनुमान जस्तो
गजल
माहुरिहरु बसेको घारमा अरिङ्गाल आउँछ
कसैको त यति सजिलै पनि काल आउँछ
चुपचाप बेचीन तयार हुन्छन मन्दिरका मुर्ती
जब पुजारी को भेष गरेर दलाल आउँछ
अब कसरी हर्ष मनाउलान बिचरा ती गरिब
सधै पुरानै दु:ख बोकेर नयाँ साल आउँछ
आधिले उडाउन नसकेका महलहरु भत्काउन
पर्ख कि भुकम्प आउँछ कि भने छाल आउछ
















































। १२ भाद्र २०७७, शुक्रबार