गायक दीपक नेपालीको दसैँ तिहार गीत सार्वजनिक (भिडियो सहित)

No description available.

लोक तथा दोहोरी गायक दीपक नेपालीको दसैँ तिहार गीत सार्वजनिक भएको छ । जाजरकोट घरभई हाल मलेसियामा कार्यरत गायक नेपालीको उक्त गीत एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो ।
तीन दसक लामो समय यता निरन्तर लोक तथा दोहोरी गायन एवम् लेखनमा क्रियाशिल गायक दीपक नेपालीको यसपटक दसैँ तिहार लोकगीत सार्वजनिक भएको छ । मलेसियामा आयोजित एक भव्य कार्यक्रमका बीच सामाजिक दुरी कायम गर्दै सार्वजनिक गरिएको दसैँ तिहार गीत निकै मार्मिक भएको गायक नेपालीले बताए । उनका अनुसार ‘यसपाली यस्तै भयो नि आमा’ गीत लाखौँ परदेशी नेपाली दसैँ तिहार जस्तो महत्वपूर्ण चाडपर्वमा घर फर्किन नपाउँदाको पीडा चरितार्थ गरिएको छ ।

यो गीत सिर्जना गर्नका लागि हौसला र प्रेरणा दिने लेखक स्वर्गीय संसारसेन पृथक हुन् । उनले गायक नेपालीलाई परदेशी युवा श्रमिक नेपालीहरूको पीडालाई लक्षित गरेर गीत सिर्जना गर्न हौस्याएको उनी बताउँछन् । लेखक स्वर्गीय पृथकका अनलाइन पत्रपत्रिकामा लेख रचना प्रकाशित छन् । एउटा देशभक्ति गीत लेखेका छन् भने गायक नेपालीसँगै मिलेर थप दुईवटा गीत पनि रचना गरेका छन् । तर उनी आज यस धराधाममा छैनन् । आफू मरेर गए पनि उनले सिर्जना मर्न दिएका छैनन् । त्यसको एक छिद्ररूप यो गीत पनि हो ।

दीपक नेपालीका झन्डै दर्जन बढी देउडा, लोकगीत र दोहोरी गीत सार्वजनिक भएका छन् । यस गीतमा साथ दिने उनका भाइ महेन्द्र नेपाली हुन् । उनले पनि बारम्बार समय परिवेशका गीत, संगीत सिर्जना गर्न हौसला दिएपछि आफूले यो गीत सिर्जना गरेको गायक बताउँछन् । यसपाली यस्तै भयो नि आमा गीतमा लय तथा शब्द संकलन र अभिनय गायक स्वयंले गरेका छन् । यो गीत आफ्नी स्वर्गीय माताप्रति समर्पित गरेको गायक नेपालीले बताए ।
हेर्नुहोस्, भिडियोः

तपाईको प्रतिक्रिया