साहित्यकार रिदम वावुका उत्कृष्ठ तीन गजल क्या दामी ।

 

गजल 
कपिका खालीपाना सजाउँनु छ गजल लेखेर
आफ्नो छुट्टै पहिचान बनाउँनु छ गजल लेखेर

म बिना कसरी समय बिताउँछस भन्छे उसले
अब समयका हरपल बिताउँनु छ गजल लेखेर

जानी जानी सुन्दर देशलाई खोक्रो बनाई दिने
यो देशका नेतालाई सम्झाउँनु छ गजल लेखेर

्तैले माया गर्ने हैसियत छैन भन्नेहरु को लागी
देशै भरी अब चर्चा मा आउँनु छ गजल लेखेर

मेरो जिन्दगी लाई कसैले पनि चिन्न्नै नसक्दा
आफुले नै थोरै सान कमाउँनु छ गजल लेखेर

 

मेरि आमा गजल
यो देशमा एक शपुत्रलाई जनमाउँने मेरि आमा
सधैं मेरो आँखा को वरिपरि आउँने मेरि आमा

सन्तानको पीडाले आफु पनि कम्जोर हुँदा हुँदै
दुई बर्षसम्म दश धारा दुध खुवाउँने मेरि आमा

मा छोरा दु:ख अनि पिडा संग लडिरहेको बेला
हरपल हरछेनहरुमा बेसरी हासाउँने मेरि आमा

छोरा छोरी पाल्न लाई घरमा गरिबिले सताउँदा
पटक-पटक गहभरी आँसु बनाउँने मेरि आमा

छोरालाई कसरी पढाउँने कसरी हुर्काउँने भन्दै
अनेकौं पिडाहरु मन भित्र सझाउँने मेरि आमा

गजल
तपाईंको आमाले दिएको जिन्दगानी समाल्नुहोस्
तातो रगत ले मात्तिएको त्यो जवानी समाल्नुहोस्

कुनै दिन तपाईंको गर्धनमा पनि तरवार पर्न सक्छ
अरुलाई गर्ने ब्यवहार अनि मनोमानी समाल्नुहोस्

यहाँ मित्र बन्छु भन्दै छुरा प्रहार गर्ने को कमि छैन
समयमा नै आफ्नो ब्यक्तिगत कहानी समाल्नुहोस्

वीर पुर्खाहरु ले बचाएको देशलाई सकाउनु भन्दा
सक्नु हुन्छ भने यो देशको राजधानी समाल्नुहोस्

नेता ज्यु सबैको भबिस्य राम्रोहोस् चहानु हुन्छ भने
यो देशका सबै सिमानाहरु बेच्ने बानी समाल्नुहोस्
{भाबुक रिदम बाबू}
{जाजरकोट हाल रुकुम पश्चिम्}

तपाईको प्रतिक्रिया