
जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका ६ ताँसी र धुमाका का दलित तथा बिपन्न बस्तीहरुलाई संघीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत खरको छानो मुक्त गर्नेभनी ६९ लाख रकम अनुदानमा आयो ।
उक्त आयोजना कार्यान्वयन नभई अहिले सम्म अलपत्र परेको छ । आयोजना अलपत्र पर्यो ताँसी र धुमाका स्थानीयहरुको खरले छोएका घरहरु भत्किन थालेका छन । दलित तथा बिपनन् बस्तीहरुका टिन छाउँने सपना अधुरै रहेको स्थानीय सुर्जी बिकको गुनासो छ । टिनका पाता आउँने पर्खाइमा बितेका ताँसी र धुमानौलपैना बासीहरुका घरहरु भत्किन थालेका छन ।
गाउँपालिका वडापालिकाले तत्कालै टिनआउँने बिश्वासका कुरा दिलाएपछि खर काट्न जंङगल गएका थिएनन् । खर नकाटेपछी झमझरी पानीले घर भत्कने सम्भावना निकै रहेको स्थानीय पुनी बि.कले बताईन । सरकारले टिन दिने भनेपपछि खुसी भएका दलित तथा बिपनन् ताँसी र धुमा बासीन्दाहरुको खरेछानोमा टिन छाउँने सपना अधुरै रहने भएको छ । बर्ष भरी नचुहिने गरी खरले घरभरी छाप्ने ताँसी बासीहरु अहिले सरकारले टिन दिने बिश्वाशीला कुरा गरेपछी ताँसी बासीहरुले खर “क्यार”पनी छाप्ना पाएका छैनन् ।
पानी परेपछि घर बाहिर होईन भित्र बढी आउँने भएको स्थानीयहरुको गुनासो छ । २०७६ साल पौष महिनामा संघिय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत ६९ लाखले बारेकोट ६ मा रहेका ताँसी र धुमाका दलित तथा बिपन्न बस्तीहरुका ८० घरहरु भन्दामाथि टिन छाउँने सम्झौता भयो ।
उक्त रकम गाउँपालिकाको खातामा आएको थियो ठेकेदारले सम्झौता नगरेपछी अलपत्र परेको हो । अब तल्कालै उक्त आयोजना निर्माणमा जोड दिने गाउँपालिका प्रशासकीयय अधिकृत गोबिन्द्र बहादुर सिंहले जानकारी गराए ।
गाउँपालिकाले भने काम तल्कालै सूरु गरियता पनि ठेकेदारको लापर्वाहीको कारण उक्त आयोजना अलपत्र परेको हो । यसलाई निर्माण कार्यमा लैजान गाउँपालिका लागी परेको छ । यो काम तल्कालै गर्ने भएको अधिकृत सिंहको भनाई छ । ताँसी र धुमा बासीहरुको टिन छाउँने सपना अधुरो रहने भएको छ । #मालिका खबर #
















































। १२ भाद्र २०७७, शुक्रबार