
महेन्द्र सिंह
छेडागाड नगरपालिका ,जाजरकोट ।
छेडागाड नगरपालिका ,जाजरकोट ।
गजल
दु:ख,कष्ट नभोगेको जिन्दगी,जिन्दगानी हुदैन
जस्तो कि थोरै~लगानीमा धेरै आम्दानी हुदैन
सायव बरु पानी बनाउन सकिन्छ फलामलाई
म पत्थर हुँ पत्थर कुनै हालतमा खरानी हुदैन
विश्वास गर्नुस् खाएको कसम पूरा हुन्छ पक्कै
एक बहादुर गोर्खेको छोरो हुम बेइमानी हुदैन
बागमती वा त्रिशुली कहाँ चलाउनुहुन्छ जहाज
यहाँ पिउनलाई पनि एक अम्खोरा पानी हुदैन
गजल
जब सम्म देशलाई छातीमा राखेर निदाउन सक्दैनौं
तब सम्म सिमानामा लडेका पिल्लर उठाउन सक्दैनौं
तब सम्म सिमानामा लडेका पिल्लर उठाउन सक्दैनौं
यो दुर्गम बस्तीमा आउन दु:ख,कस्ट नगर्नु महोदय
किन कि हामी करोडौंको कार्पेट विछ्याउन सक्दैनौं
किन कि हामी करोडौंको कार्पेट विछ्याउन सक्दैनौं
पुर्खाले बचाएको देश बेचेर सक्याए सत्तामा बसेर
माफ गर पुर्खा,हामीले चाहेर पनि बचाउन सक्दैनौं
माफ गर पुर्खा,हामीले चाहेर पनि बचाउन सक्दैनौं
कोरोना हटाउन सकिन्छ सलह हटाउन सकिन्छ
तर देश खोक्रो बनाउने धमिरा हटाउन सक्दैनौं
तर देश खोक्रो बनाउने धमिरा हटाउन सक्दैनौं
हामी हाम्रो बाटो हिड्छौ हजुर आफ्नो बाटो हिड्नुस्
महोदय अब हामी हजुरका गीत मागल गाउन सक्दैनौं
महोदय अब हामी हजुरका गीत मागल गाउन सक्दैनौं
शृङ्गारिक गजल
नपर्नु पर्ने,,,पर्यो असर यता तिर
के देखेर लगाएउ नजर यता तिर
नपर्नु पर्ने,,,पर्यो असर यता तिर
के देखेर लगाएउ नजर यता तिर
देख्न साथ चुम्न मन लाग्छ नदेखाउ
मनै लोभ्याउने तिम्रा अधर यता तिर
मनै लोभ्याउने तिम्रा अधर यता तिर
भोक प्यास लाग्न छोडेको धेरै भयो
निद्रा पनि लाग्दैन रातभर यता तिर
निद्रा पनि लाग्दैन रातभर यता तिर
डोलि चड्ने रहर लाग्दैन र तिमीलाई
लागिसक्यो घुम्टो खोल्ने रहर यता तिर
लागिसक्यो घुम्टो खोल्ने रहर यता तिर
















































। १२ भाद्र २०७७, शुक्रबार