
जाजरकोट । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) निकट भातृ संगठन राष्ट्रिय यूवा संघ बारेकोटले गाउँ कमिटी टुंगो लगाएको छ ।
लामो समय सम्म टुंगो लगाउन नसकेको गाउँ कमिटी विहीबार नेकपा बारेकोटका नेताहरुको उपस्थितमा टुंगो लगाएको राष्ट्रिय यूवा संघ बारेकोटका संयोजक विनोद कुमार शाहीले जानकारी दिए । उनका अनुसार बारेकोट गाउँपालिका भित्र ४६ सदस्यीय समिती गठन गरिएको छ ।
बारेकोट भित्र भएको वेतिथीहरुलाई रोक्न यूवा संघले पहल गर्ने राष्ट्रिय यूवा संघ बारेकोटका ईन्चार्ज सन्देश सिंहले बताए । जिल्ला कमिटीको वैठकले गाउँ कमिटीका संयोजक, सह संयोजक , इन्जार्ज र स ईन्चार्ज पहिले नै टुंगो लागि सकेको छ ।
राष्ट्रिय यूवा संघ बारेकोटका नेताहरुले पछिल्लो समय यूवा संघले केही काम गर्नु पर्ने बताएका छन । वैठकमा नेकपा बारेकोटका इन्चार्ज शुशील रावत, नेकपा बारेकोटका अध्यक्ष हरीबहादुर थापा, नेकपा बारेकोटका सचिव भक्तबहादुर सिंहको उपस्थिती रहेको थियो ।

















































। १२ भाद्र २०७७, शुक्रबार