स्थानीय सरकार अझै भाडाको घरमा

कसैको केन्द्रको टंगो छैन, काेहीको भवन अलपत्र

 

जाजरकोट । अधिकार सम्पन्न गरी स्थानीय तह गठन भएको तीन वर्ष पुग्दासम्म जिल्लाका चार वटा स्थानीय तह अझै भाडाका घरमा सञ्चालन भईरहेका छन । स्थानीय सरकार गठन भएको तीन बर्ष पुग्दा समेत गाउँका सिंहदरबार भनिने यहाँका अधिकांश स्थानीय तहको आफ्नै भवन नहुँदा बर्षेनी लाखौं रकम भाडामै खर्च हुने गरेको छ ।

गाउँगाउँमा सिहंदरबार आएको नारा लगाउने स्थानीय सरकारले अहिले सम्म आफ्नो भवन बनाउन नसक्नु भनेको ठुलो कमजोरी रहेको सरोकारवालाहरु बताउँछन् । कार्यालय सञ्चालनका लागि उपयूक्त ठाउँ नहुँदा समस्या भएको छेडागाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डोलराज काफ्लेले जानकारी दिए ।

उनका अनुसार, नगरपालिकाको केन्द्रको विषय टुंगो लाग्न धेरै समय लाग्यो , राजपत्रमा प्रकाशित हुन समेत समस्या भएकोले अहिले सम्म भवन बनेको छैन । नगरपालिका अव आफनै भवन बनाउन लागि रहेकोे उनको भनाई छ । नगरपालिकाको कृषि र भेटनरी शाखा बाहेक अरु सबै भाडाकै भरमा सञ्चालन भईरहेका छन । जिल्ला सदरमुकाममा रहेको भेरी नगरपालिका अहिले सम्म भाडाकै भरमा सञ्चालन भईरहेको छ ।

आफनै भवनको तयारी अन्तिम चरणमा पुगेको छ । यस्तै जिल्लाको अर्काे स्थानीय तह जुनीचाँदे गाउँपालिकाको भने स्थानीय सरकार बनेको ३ सम्म केन्द्रको टुंगो सम्म लागेको छैन । केन्द्रको टुंगो नलागेका कारण सेवा प्रवाहमा समेत समस्या समस्या भईरहेका छ ।

“२०७५ साल वैशाख ३१ गतेको विषेश गाउँसभा बाट दुई तिहाई बहुमत बाट गाउँपालिकाको केन्द्र लुहादह निर्धारण गरेतापनि विकास विरोधी केही व्यक्तिहरुले व्यक्तिगत रिसिभी साटनका लागि केन्द्र विवादमा रहेको एकजना स्थानीयले बताए । जिल्लाको अर्काे स्थानीय तह नलगाड नगरपालिका पनि भाडाकै भरमा सञ्चालन भईरहेको छ । यस विषयमा नगरपालिकाका प्रमुख टेकबहादुर रावललाई सम्पर्क गर्न खोज्दा फोन लागेन ।

भाडाको घरमा बस्ने हरेक स्थानीय तहले वार्षिक कम्तीमा पाँच लाखभन्दा बढी रकम भाडा तिर्नुपर्ने बाध्यता छ । आफ्नो भवन नबनेका कारण स्थानीय तहले कार्यालय व्यवस्थापन र कर्मचारी आवासका लागि घर भाडामा लिँदै आएका छन् । स्थानीय तहको आफ्नै भवन नबन्दा भाडाका साँघुरा घरबाट सेवा प्रवाह गर्नु परेको कर्मचारी बताउँछन ।

शिवालय गाउँपालिका पनि भाडाकै घरमा सञ्चालन भईरहेको छ । जिल्लाका बारेकोट,कुशे गाउँपालिकाले भने आफनै भवन बाट सेवा प्रवाह गरिरहेका छन । स्थापना भएको तीन बर्ष सम्म केन्द्र र भवन नबनाउने स्थानीय सरकारले कहिले जनताको सेवा देलान भन्ने आशै मरेको छ ।

तपाईको प्रतिक्रिया