दैलेखमा तेस्रो पटक निषेधाज्ञा जारी

दैलेख   । दैलेख जिल्लामा जारी निषेधाज्ञा तेस्रो पटक थपिएको छ । तेस्रो पटक १२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । कोरोना संक्रमण नियन्त्रणका लागि सहज परिस्थिति नभएको भन्दै जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञाको समय थप गरेको एक सूचना जारी गर्दै जनाएको छ ।

संक्रमित व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा भेटिएका अन्य व्यक्तिको स्वाव संकलन र परीक्षणमा असहज परिस्थित भएकोले निषेधाज्ञाको समय थप गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले जानकारी दिए ।

‘यसअघि जारी गरिएको निषेधाज्ञा भन्दा केही सहज बनाइएको छ’ प्रजिअ सुनारले हाम्रो तेस्रोआँखा दैनिकसँग कुरा गर्दै भने, ‘तरकारी पसल र अत्यावश्यक खाद्यान्न पसलहरू विहान २ घण्टा र साँझ २ घण्टा खुल्ला गर्नेगरि केही खुकुलो बनाइएको छ ।’

प्रजिअ सुनारका अनुसार विहान ६ देखि ८ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म पसल खुल्ला हुने छन् भने औषधि पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, खानेपानी, विद्युत, फोहोर–मैला व्यवस्थापन लगायतका अत्यावश्यक सेवा बाहेकका अन्य कुनै पनि सेवाहरू सञ्चालन गर्न निषेध गरिएको छ ।

तपाईको प्रतिक्रिया