जनयुद्ध सशस्त्र संघर्ष थिएन, राजनैतिक क्रान्ति थियो

नेपालको राजनैतिक इतिहासको बखतखण्डमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा २०५२ फाल्गुन १ गते बाट थालिएको १० वर्ष ९ महिना दिन ५ संचालित जनयुद्ध घोषित लक्ष्य, उद्देश्य, योजना सहित फौजी स्वरुपको सशस्त्र युद्ध भएपनि लक्ष्य, उद्देश्य योजनाका स्वरुपले राजनीतिक क्रान्ति थियो । किमार्थ सशस्त्र संघर्ष थिएन ।

ग्रामिण वर्ग संघर्षको माध्यमले राजनैतिक र फांैजी कार्यदिशा र योजनाका साथ नयाँ नेपालको परिकल्पना सहित जनवादी क्रान्तिको उद्घोष गरिएको थियो । नेपालको संविधानको प्रस्तावनामा उल्लेखित पदावलीमा स शस्त्र संर्घष भनी परिभाषित हुदा अपुरो न्याय भएको अनुभुति हुन सक्छ । हाल सम्म नेपालमा भएका विभिन्न राजनैतिक क्रान्ति, संघर्ष, जनआन्दोलन, जनयुद्ध पनि तत्कालीन नेपाली राज्य सत्ताको खिलापमा भएका न्यायपूर्ण आन्दोलनका स्वरुप हुन ।

२००७ सालको राणा विरोधी आन्दोलन, २०१५ सालको आम निर्वाचन, २०२८को झापा आन्दोलन, २०३६को जनमत संग्रह २०४६ सालको जनआन्दोलनले राज्यसत्ताको पुर्नसंरचना गर्ने नयाँ दृष्टिकोण दिएको तथ्य हाम्रो अगाडि नै छ । आज तिनै दृष्टिकोणले नेपालमा राज्यको पुर्न संरचनाको नयाँ आकार दियो । उल्लेखित विकसित राजनैतिक घटना क्रमलाई संश्लेषणात्मक र विश्लेषणात्मक कोणबाट अध्ययन र बुझाई केन्द्रित गर्दा ऐतिहासिक जनयुद्ध पनि एक मार्क्सवादको रक्षा, प्रयोग र विकासको एक श्रृखला थियो ।

विश्व कम्युनिष्ट आन्दोलनमा १९९० को दशक (शितयुद्ध) माक्र्सवादको विघटन, पतन गरिएको बेला (Feb-13-1996 ) मा विकाशसिल मुलुक दक्षिण एसियाको भूमि नेपालबाट जनयुद्धको घोषणा गर्न (मार्क्सवाद, लेलिनवाद माओवादी) दृष्टिकोणको उदय हुनु ऐतिहासिक तथा गौरवपूर्ण घटना थियो ।

यद्यपि विकसित राजनैतिक घटनाक्रम, तथ्य र क्रान्तिको उचाईलाई देशी, विदेशी प्रतिकृयावादीहरुले हस्तक्षेप, निस्तेज, कमजोर र तुवाउन विभिन्न प्रकृतिका बाहुबल, अर्थात शक्तिको प्रयोग जनयुद्ध र नेतृत्वको विरुद्धमा नभएको त होईन ? २००४ सालको (अन्तरिम शासन विधान २००४) हो वा २००७ सालको क्रान्ति जहाँ राजा त्रिभुवनलाई लैनचौर हुदै भारतको पटना विमान स्थल र हैदरावाद दरबारमा पालो पहरा, २०३६को जनमत संग्रह, २०४६को जनआन्दोल वा २०५२ सालको ऐतिहासिक जनयुद्ध र २०६२।२०६३ को जनआन्दोल लगायतका खण्डित संघर्षका उद्देश्यले नै हामी नयाँ युगमा प्रवेश गरेका छौ ।

आज हाम्रो मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सहितको अर्थ राजनीति, सामाजिक न्याय सहितको राज्य पुर्नः संरचना प्राप्त गरेका छौ । यद्यपि प्राप्त उपलब्धिहरुको प्रयोगमा भएका विसंगतीहरु देखा नपरेका होईनन् ।

हजारौ महान शहिदहरुको त्याग, बलिदान र जनताको सर्मथनबाट प्राप्त ऐतिहासिक उपलब्धि सहित मार्क्सवादको नविनतम प्रयोग सहित जनयुद्धले ग्रामिण वर्गसंर्घष, जन विद्रोह गर्दे नेपाली कम्युनिष्ट आन्दोलनको एकता, एक्काईसौ शताब्दीको जनवाद हुदै हाल नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) को राजनैतिक कार्यदिशा (जनताको जनवाद)को रुपमा देखा परेको छ । यसर्थ नेपाली वर्ग संघर्षको स्वरुपमा जनयुद्ध सशस्त्र संघर्ष मात्र थिएन, जनवादी क्रान्तिको उद्देश्यका साथ राजनैतिक क्रान्ति थियो ।  #लालअावाज #

लेखक गिरी नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) जाजरकोट जिल्ला पार्टी सचिवालय सदस्य हुन ।

तपाईको प्रतिक्रिया