आज फेरि घट्यो सुनको भाउ

नेपाली बजारमा सुनको भाउ आज मंगलबार पनि घटेको छ ।

हिजो प्रतितोला ९७ हजार ९ सयमा कारोवार भएको छापावाल सुन आज तोलामा ७ सयले घटेर ९७ हजार २ सय रुपैयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै ,आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयामा कारोबार भएको छ । भने चाँदीको मूल्य १३ सय २० रुपैयाँमा कोरोबार भएको महासंघले बताएको छ ।

तपाईको प्रतिक्रिया