रुकुम पश्चिम ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले कोरोना जाँचका लागि चौरजहारी पठाएका किटले काम नगर्दा फिर्ता पठाएको छ । आर्थिक अभावमा समस्यामा परेको कोरोना जाँच प्रयोगशालामा म्याद गुर्जेका किट प्रदेशले पठाउदा काम नगरेको र फिर्ता पठाएकोे चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो ।
परिक्षणका लागि सामाजिक विकास मन्त्रालयबाट पठाइएका किटद्धारा जाँच गर्दा पोजेटिभ र नेगेटिभ दुवै नदेखाउने समस्या आएको नगर प्रमुख शर्माको भनाई छ । नगरपालिकाले सामाजिक विकास मन्त्रालयलाई पत्र पठाउदै किटद्धारा जाँच गर्दा पोजेटिभ र नेगेटिभ दुवै नदेखाउने समस्या भएकोले फिर्ता पठाइएको जानकारी दिएको छ । सामाजिक विकास मन्त्रालयले नगरपालिकाले स्थापना गरेको प्रयोगशालाको लागि करिब ५०० थान किट पठाएको थियो
आर्थिक अभावले पीसिआर ल्याब सञ्चालमा समस्यामा
चौरजहारी नगरपालिका वडा नं. २ मा स्थापना गरिएको पीसीआर ल्याब आर्थिक संकटमा परेको छ । आर्थिक समस्याका कारण ल्याबमा किट अभाव भएपछि समस्या भएको हो । चौरजहारी नगरपालिकाले रु १ करोड ५८ लाख रुपैयाँको लागतमा गत असार अन्तिम सातादेखि पीसीआर मेसिन सञ्चालनमा ल्याएको थियो ।
जसमा कर्णाली प्रदेश सरकारले ८६ लाख २२ हजार रुपैयाँ अनुदान दिएको छ । बाँकी ७१ लाख ६० हजार रुपैयाँ नगरपालिकाले आफैले लगानी गरेको छ । मेसिन सञ्चालनमा आएदेखि अहिलेसम्म बजेटले धाने पनि अब आर्थिक समस्या सुरु भएको नगरपालिकाका नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो । ‘संघ र प्रदेश सरकारले सहयोग नगरेपछि जिल्लाभित्रै आर्थिक स्रोत जुटाउन मुस्किल भएको प्रमुख शर्माले बताउनुभयो ।
















































। १० भाद्र २०७७, बुधबार