जाजरकोटमा कोरोना संक्रमित कति ? कुनकुन स्थानीय तहमा छैनन संक्रमित ? कुनुकुन स्थानीय तहको परिक्षण कति ?

जाजरकोट । जाजरकोट जिल्लामा हाल सम्म ४८ जना कोरोना संक्रमित भेटिएका छन । जिल्लाका सात वटै स्थानीय तहमा कोरोनाको परिक्षण गर्दा ४८ जनामा कोरोना देखिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।

जसअन्तर्गत शिवालय गाउँपालिकामा हाल सम्म जम्मा परिआर परिक्षणको संख्या ६ सय ९२ गर्दा आरडिटिमा ५० जना संक्रिमत देखिएका थिए । पिसिआर रिर्पाेटमा ५ जनामा संक्रमित देखिएपनि ५ जना नै डिस्चार्ज भैसकेका छन । जुनिचाँदे गाउँपालिकामा जम्मा पिसिआर परीक्षण ६ सय ५९ लाई गर्दा आरडिटीमा २ सय ७८ जनामा कोरोना पुष्टि भएको थियो ।

तर पछि पिसिआर परिक्षण गर्दा कुनैमा पनि कोरोना देखिएको थिएन । कुशे गाउँपालिकामा २५ जनाको पिसिआर परिक्षण गरिएको थियो भने,३ सय ७० जनाको आरडिटि परिक्षण गरिएको थियो । जसअन्तर्गत सबैमा कोरोना नेगेटिभ देखिएको थियो ।

बारेकोट गाउँपालिकामा पिसिआर परिक्षण १ सय ३७ जना र आरडिटी परिक्षण ८ सय ९१ जनालाई गरिएको थियो । जम्मा संक्रमितको संख्या ५ रहेको थियो भने ५ जनाले कोरोना जितेर घर गइसकेका छन । नलगाड नगरपालिकामा पिसिआर परिक्षण ३ सय १३ जना र आरडिटी परिक्षण १ सय ७२ जनालाई गरिएको छ । जसमा संक्रमितको संख्या शुन्य रहेको छ । छेडागाड नगरपालिकामा १ हजार ४ सय ३० जनाको पिसिआर परिक्षण गरिएको छ भने, ३ सय जनाको आरडिटी परिक्षण गरिएको थियो अन्र्तगत संक्रमित १० जना मध्ये ९ जनाले कोरोना जितेर घर गईसकेका छन ।

१ जनाको आइसोलोसनमा उपचार भईरहेको स्वास्थ्य शाखाले जनाएको छ । भेरी नगरपालिकामा ५ सय ३१ जनाको पिसिआर परिक्षण गरिएको छ भने ५ सय ५१ जनाको आरडिटी परिक्षण गरिएको छ । कुल संक्रमितको संख्या २८ रहेको छ ।

तीमध्ये ६ जनाले कोरोना जितेर घर गईसकेका छन । जिल्लाको कुशे, जुनीचाँदे गाउँपालिका र नलगाड नगरपालिकामा कोरोना भाइरसले छोएको छैन । हाल सम्म जाजरकोट जिल्लामा ३ हजार ७ सय ८७ जनाको पिसिआर परिक्षण गरिएको छ भने, २ हजार ६ सय १२ जनाको आरडिटी परिक्षण गरिएको छ । जिल्ला भर कुल संक्रमितको संख्या ४८, आइसोलोसनमा रहेका २३ कुल डिस्चार्जको संख्या २५ रहेका छ भने कुल मृत्य शुन्य रहेको छ । समुदाय स्तरमा कोरोना पुगिसकेकोले परिक्षणको दायरा बढाउनुपर्ने सरोकारवालाहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया