जाजरकोटमा एकै दिन १९ जना कोरोना संक्रमति, कोरोनाको जोखिम बढेको भन्दै प्रशासनद्धारा निषेधाज्ञा जारी


Image may contain: text

जाजरकोट । जाजरकोटमा एकै दिन १९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । चौरजहारी नगरपालिकाको पिसिआर परीक्षण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा भेरी नगरपालिकाका १९ जनाको कोरोना रिर्पाेट पोजिटिभ देखिएको अस्पतालले जनाएको छ ।

जिल्लामा कोरोनाको जोखिम बढेको भन्दै स्थानीय प्रशासनद्धारा निषेधाज्ञाको घोषणा गरिएको छ । नगरपालिकाको वडा ३÷४ लाई लक्षित गरी निषेधाज्ञा जारी गरिएको प्रशासनको सुचनामा उल्लेख गरिएको छ । भदौ ८ गते रात्ती १२ बजे देखि लागु हुने गरी भदौँ १५ गते सम्मको लागि निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु साहनीले जानकारी दिए ।

जाजरकोट बाट चौरजहारी प्रयोगशालामा २० जनाको स्वाव संकलन गरी पठाइएका मध्ये १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भेरीनगरपालिकाको वडा न.ं ३÷४ कोरोनाको जोखिम बढेकोले सर्तक रहन प्रशासनले आग्रह समेत गरेको छ । कुनै किसिमको भिडभाड, मेला,महोत्सव, नारा ,जुलुस नगर्न जारी सुचनामा उल्लेख गरिएको छ । घरबाहिर जाँदा अनिवार्य मास्कको प्रयोग गर्न प्रशासनले सबैमा अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया