
जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकामा रहेका पहिरो पिडीतलाई राहत खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ ।
शनिवार गाउँपालिकाको आयोजनामा पहिरो बाट प्रभावित भएका नागरिकलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको बारेकोट गाउँपालिकाकाले जनाएको छ । गत असार २५ गते गएको पहिरोमा परी विस्थापित ७ सय ७४ घरधरीलाई खाद्यान्न सहयोग गरिएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।
पहिरो बाट विस्थापितलाई विश्व खाद्य कार्यक्रमको सहयोग र पाँचतारा यूवा संरक्षक मञ्चको समन्वयनमा ७ सय ७४ जनालाई खाद्यान्न सहयोग गरेको शाहले बताए । जसअन्तर्गत प्रत्येक घरदुरीलाई ३० केजी चामल, ९ किलो दाल, २ लिटर तेल, १ किलो नुन , सुत्केरी तथा बालबालिकालाई ६ किलो पिठो प्रदान गरिएको जनाइएको छ ।
पहिरो बाट बारेकोट पालिका भित्रका १ हजार २ सय परिवार विस्थापित छन । गत असार २५ गते पहिरोमा परी ११ जनाको मृत्यु भएको थियो भने १ जना अझै वेपत्ता छन । पहिरो बाट विस्थापित परिवार राहतको प्रखाईमा बसिरहेका छन ।

















































। ७ भाद्र २०७७, आईतवार