रुकम पश्चिमका एकजनाले कतार बाट नगरप्रमुखलाई लेखे यस्तो पत्र ।

No description available.

 रुकुम पश्चिम आठबिसकोट नगरपालिका प्रमुख ज्युलाई खाडीमुलुक मरुभुमी देश कतार बाट म गणेश महरको नमस्कार ।

अहिले वर्तमान सन्दर्भमा बीस बर्ष पछि मात्र हाम्रो देशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ  ।   साथै आठ्बिसकोट नगरपालिकामा रहेको चौध  वडा त्यसैगरी साबिकको पाँच ओटा गाबिसको एउटा नगरपालिका रहेको छ !  जसको प्रमुखको रुपमा हजुरलाई जनताले चुनिसकेका छ्न!यश नगरपालिका को उमेदवार तपाई मात्रै नभई तपाई सगै चुनावी माहोलमा रहेका धिरेन्द्र बटाला हरिप्रसाद शर्मा बलाराम पुन साथमा तपाईं लगायद चरैजना आ(आफ्नै छुट्टाछुट्टै भिजन अनि विकासको प्रतिबद्धता जाहेर गर्दै हिडिरहेको मेरो कानले सुनेको थियो भने आखाले पनि प्रत्येक्ष देखेको थियो !कोहि पनि कमि हुनुहुन्थ्योन त्यो गाउँ घरको बाटोमा उकाली ओराली गर्दा आ( आफ्नै छुट्टाछुट्टै समुह कार्यकर्ता सगै घरदैलो कार्यक्रम गर्दा हिडेको आज म बिदेशमा छु !

कारण वा बिडम्बना भन्नुपर्छ हामी करोडौं नेपाली मध्य लाखौं युवाहरू पराई भुमिमा आफ्नो ज्यानको बाजि राखेर अमुल्य पसिना सगै पैसा को निम्ति विभिन्न दुख पिडा सङग सङघर्स गर्दै दिन बिताईरहेका छौ !ती लाखौं प्रवासी युवा मध्यमा म एक युवा हु रुकुम आठबिसकोट नगरपालिका वडान एघार डाडागाउको गणेश महर जहाँ आज कतार बाट गाउँ सम्म पत्र लेख्न गइरहेको छु अहिले देशमा बिसौ बर्ष पछिको स्थानीय तहको निर्वाचन बाट नगरपालिका प्रमुखमा तपाईं निर्वाचित हुनु भएको छ !यतिबेला तपाईं निकै खुशी हर्सित हुनुहुन्छ र खुसी हुनु पनि स्वाभाविक नै हो !

आज तपाई माथी गाउका जनताले ठुलो भरोसा राख्दै तीन जना उमेदवार लाई पछि पारेका छ्न! यति बेला यस नगरपालिकाले तपाईलाई नै सक्छेम अनि यस नगरपालिका को लागि केहि गर्न सक्नुहुन्छ भनेर बिजय गरेका छ्न! तसर्थ नगरपालिकाको अमुल्य भोटको परिणाम के कसरी प्रस्तुत गर्ने भन्ने कुरामा तपाईं माथी ठुलो जिम्मेवार आएको छ!त्यो जिम्मेवार पुरा गर्न सक्नुहुन्छ या सक्नुहुन्न त्यो प्रत्येक्ष जनताले हेर्नेछ्न!जित्दै गर्दा प्रमुख हुँदै गर्दा कुनै न कुनै टिकाटिपनी आउनु संका उपसन्का हुनु स्वाभाविककै हो!त्यसैले गम्भीरतापूर्वक जनतालाई जे बोलिबचन अनि बिकासको प्रतिबद्धता जाहेर गर्नु भयो त्यो भन्दा पनि थुप्रै विकास गरेर जनताको मन जित्नु होला !

जुन देशको मन्त्री प्रधानमन्त्री हुदै गर्दा मंचमा उभिएर खाली भासनमा बोलेर सिमित हुन्थ्यो त्यो पक्कै हुनेछन् !मेरो नगरपालिका मा बिकासको निम्ति अग्रसरता भएर सधै भरी गाउँमा ध्यानाकर्षण गर्नुहुन्छ भन्ने म लगाएत सम्पुर्ण नगरबासिले ठूलो बिश्वास लिएका छ्म! जहाँ जनताले एउटा सछेम प्रतिनिधि नै मानेर पनि धेरै मत दिएको हुनुपर्छ !

जनताहरु एउटा असल ईमानदार र कर्मव्यनिस्ठ प्रतिनिधि खोजी गरिरहेका हुन्छन् जनताले तपाईंलाई राम्रोसँग चिनिसकेका र चिनेर नै रुकुम जिल्ला बाट एउटा स्थान ओगट्न सफल हुनु भएकोमा सबैतिर बाट हार्दिक बधाई समेत व्यक्त गरिसकेका छ्न!यस ठाउँमा नगरपालिकाको पहिलो प्रमुख भएर हजुरले केही विकासको परिवर्तन सगै बेरोजगार युवा,वृद, अपांग ,अशक्त ,असाय, दुखी, पीडितहरुको मनमा बस्न सफल हुनुहुनेछ भन्ने हामीले आसा लियका छौ! तसर्थ सरकारले पनि स्थानीय स्थरमा विकास काॠ संचालक गर्न सजिलो होस भनी प्रदेश स्थानीयततहको खाका तयार पारेको हो!

यस नगरपालिकाको धेरै प्रायजसो ठाउँमा पिउन योग्य पानीको अभाव रहेको हुदा खानेपानीमा ध्यानाकर्षण होस त्यस्तै मोटरबाटो रुट सबै वडालाई छुएको भएता पनि पुर्ण रूपमा सबै गाउँ टोलमा पुगोस् विशेष जिवनको सम्वेदनसिल शिक्षा स्वास्थमा ध्यान पुगोस् शिक्षा स्वास्थ विद्युत प्रशासनिक जस्ता बिकासका पुर्वाधारहरु मजबुत आधार बनाइयोस!

कतिपय ठाउँमा अजैपनी मोबाइल नेटवर्क ले भनेजस्तो स्थाननिय बासिहरुलाई सदुपयोग भएको छैन कतिपय ठाउँमा नेटवर्कको लागि मोबाइल बोकेर आग्लो डाडा तिर जानुपर्ने अवस्था पनि अजै कायम नै छ यस नगरपालिका विधुत लाइन प्रसारण देखि अलि दुरि टाढा भएको हुदा र टुकी बति बाल्ने बाट केहि परिवर्तन भएर अहिले घर घरमा सोलार स्टिम रहेकोछ र यसबाट भनेजस्तो उपयोग गर्न नपाउदा हामीले भोग्नु परेको समस्या हामी सबैलाई अवगत नै छ !

तसर्थ यो ईन्टरनेट जमानाको दुनिया ससारमा मैले यो पत्र लेख्नु पार्ने थिएन सायद भरपर्दो ईन्टरनेट सेवा सुबिधा भएको भए आज हामी सिधै कुराकानी गर्ने थियौ !साथै भेदभाव पुर्ण नरहेको समाजको सृजना होस वडापालिका बाट बिजय भयका वडा अध्यक्षहरुले गाउँ घरको सभ्य र समिर्दि समाजको निर्माणका अग्रसरता रहेर मेरो नगरपालिकामा जहाँ पार्टी पार्टी बिचको बिदोर्ध ले गर्दा घर आगन बाटो मुख बन्द गर्ने मेरो गाउँमा यस्तो किर्याकलाप बाट सचेत रहोस् सरकार मा जस्को मन्त्री रहदा मेरो पार्टीले ल्याएको बिकास हो  ।

भनेर समाज विवाद गर्नेहरूको मस्तिष्कमा नयाँ सोचको लागि जनचेतनामुलक कार्यक्रम चलोस अहिलेको स्थानीय तहको चुनावले पनि धेरै आमा बुवा दाजुभाइ दिदिबहिनी हरुको समाज वरिपरि सग केही मन मुटाव पनि सिर्जना गरेको छ!यस्ता खालका किर्याकलाप बाट टाढा रहोस् मेरो नगरपालिका जिल्लाकै नमुना नगरपालिका बन्न सफल होस भन्ने कामना गर्द्छु !

                         धन्यवाद गणेश महर हाल दोहा कतार !

तपाईको प्रतिक्रिया