
प्रेम विश्वकर्मा , जाजरकोट । जिल्लामा मास्क नलगाई सार्वजनिक स्थलमा हिंड्नेहरुलाई कारवाही सूरु गरिएको छ । सरकारले कोरोना नियन्त्रणको लागि सबैभन्दा भरपर्दो उपाय मास्कको प्रयोग भएको भन्दै मास्क नलगाई सार्वजनिक स्थलमा हिंड्ने जोकोहीलाई पनि कारवाही गर्ने निर्णय गरेको थियो । सोहीअनुसार जिल्लाका विभिन्न ठाउँमा मास्क नलगाई हिड्नेलाई प्रहरी कार्यालयमा बोलाई सम्झाई बुझाई छोडिएको छ । सोमबार मास्क नलगाई सार्वजनिक स्थलमा हिड्नेलाई मास्क लगाउन भन्दै प्रहरीले सचेत बनाएको छ ।
मास्क नलगाई हिँड्ने २७ जना पक्राउ
जिल्लामा मास्क नलगाई हिँडडुल गर्ने २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले मास्क नलगाई हिँड्नेलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिए लगत्तै जाजरकोट प्रहरीले २६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएस्पी किशोर कुमार श्रेष्ठले जानकारी दिए । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण नेपालमा दिनप्रतिदिन कोरोना संक्रमण पोजिटिभ बिरामीको संख्या बढिरहेको छ ।
सरकारले बाहिर जाँदा अनिवार्य मास्क लगाएर मात्र हिड्न अनुरोध गरेको भएपनि अवज्ञा उलंघन गर्नेलाई नियन्त्रणमा लिएको डिएसपी श्रेष्ठले बताए । खलंगाका विभिन्न स्थानबाट पक्राउ गरिएकालाई प्रहरीले सम्झाइ बुझाइ गरी छाडिदिएको डिएसपी श्रेष्ठले जानकारी दिए । पक्राउ परेका व्यक्तिले पुन ः मास्क नलगाइ हिँडेको पाइएमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाउने भन्दै चेतावनी दिएर छोडेको उनको भनाई छ । लकडाउन खुकुलो भएपछि जिल्लामा सामाजिक दूरी कायम नगर्ने, र समूहमा मास्क नलगाई सर्वसाधारणको भीड लाग्न थालेपछि प्रहरीले कडाइ गर्न थालेको डिएसपी श्रेष्ठले बताए ।
मास्क नलगाउनेलाई एक सय जरीवाना
जिल्ला भित्र मास्क नलगाई हिड्नेलाई एकसय जरीवान लिने गरिएको छ । सोमबार जिल्लाका विभिन्न स्थानमा मास्क नलगाई हिड्ने २६ जनालाई कारबाही गरी एक सय रुपैयाँ जरिवान लिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएस्पी किशोर कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिल्लाका विभिन्न स्थानमा मास्क नलगाई हिड्ने जो कोहीलाई पनि कारबाही गरी पहिलो पटक सम्झाईने र एकसय रुपैँया जरीवान लिइएको छ । दोस्रो पटक अटेरी गरेमा संक्रमण रोग ऐन २०२० अनुसार कारवाही गरिने समेत बताए । कोरोना बाट बच्न अनिवार्य मास्क लगाउन प्रहरीले सबैलाई अपिल समेत गरेको छ ।
















































। १४ श्रावण २०७७, बुधबार