
अारनमा काम गरिरहेका एकजना दलितकाे साकेितक तस्वीर ।
जाजरकोट । बाटोको छेउमा भुइतले घर,घरदेखि अलि पर टिनले छाएको छाप्रो । त्यही छाप्रो मुनि चल्छ नलगाड नगरपालिका – ७ का भागिरत कामीको दैनिकी । १६ बर्षको उमेरदेखि आरन पेशामा लागेका उनि उमेरले ६८ बर्ष नाघिसकेको भएनि बिहान भालेको डाको संगै आरनमा बसेर फलाम पिट्न सुरु गर्छन् । खलिप्रथामै श्रम बेचिरहेका भागिरतले जिबनका ५२ औँ बर्ष यसरी नै फलाम पिटिरहे तर उनको जिबन स्तर कहिल्यै माथि उठेन । भन्छन्र्, बिष्टहरुका दैनिक उपभोग्य सामाग्री बनाउछु अनि उहाँहरु संग अन्न उठाउँछु । यसैगरी आज सम्म परिवार पालिरहेको छु ।
जब तन्नेरी थिएँ त्यतिबेला फलाम पाइदैनथ्यो, पाएपनि एकदमै महँगो हुन्थ्यो तर अचेल फलाम सस्तोमा पाइन्छ, बुढो भैसके ताकतले भ्याउँदैन तै पनि आफ्ना बिष्टहरुको काम सकिनसकि गरि रहेको छु । कहिलेकसो बाहिरका मान्छेपनि सामाग्री किन्न आउछन् दुईचार पैसा कमाएर नातिनातिना लाई कापी,कलम किनिदिन्छु ।
कामलाई सानो ठुलो नभनि ऐतिहासिक पेशालाई ब्यबसायिक रुपमा आफ्नै ठाउँमा सिपको सदुपयोग गर्न सके लोभै लाग्दो आम्दानी हुने र बेरोजगारिको कारण युवाहरु विदेश जानुपर्ने अवस्था नभएको भागिरत बताउछन् । आफुले आधुनिक औजारहरुको अभाव हूदाहुदै हसिया,कोदालो,कुटो,बन्चरो,खुकुरी,तरबार,खुरो लगाएत सामाग्री निर्माण गरिरहेको भएपनि स्थानिय निकायले ध्यानदिए लोपहुने संघारमा पुगेको ऐतिहाँसिक पेशाको जगेर्ना हुनुको साथै रोजगारको बिस्तार हुने उनको भनाई छ ।
उनी जस्तै जिल्लाका अधिकांश दलित समुदायको दैनिकी यसरी नै वित्छ । खले प्रथामा जीवन चलाएका उनीहरुको जीवन खलेप्रथामै वितेको छ । नत राज्यले ध्यान दिएको छ । नत स्थानीय सरकारले ध्यान दिएको बारेकोट गाउँपालिका २ का रतनबहादुर नेपालीले भने । काम गर्ने तर जीन्दगी नफेरिने काम गरेर गुजरा गरेका दलित समुदायको जीवनस्तर उकास्न सबैको ध्यानजान आवश्यक छ ।
















































। ११ श्रावण २०७७, आईतवार