दुखद खबर  – पहिराे प्रभावितले भाेकभोकै त्रिपाल भित्र छाेडे संसार

जाजरकोट- बारेकोटमा गत असार २५ आएको पहिरोमा परि १२ जनाले ज्यान गुमाएको घटना सेलाउन नपाउदै सोहि पहिरोका कारण विस्थापित भएर त्रिपाल बसेका सार्की टोलका एक व्यक्तीको निधन भएको बारकोट गाउँपालिकाका वडा नं ४ का वडा सचिव डम्बर बहादुर पुनले बताए ।

पहिरोले घर भत्कीएपछि त्रिपालमा बस्दै आएका दलवीर सार्कीले त्रिपाल भित्र भोकभौकै प्राण त्यागेका छन । सामान्य आधारभुत आवश्यक्ता समेत नपाएर भोकभोकै छटपटाएका सार्की गाउँका बासिन्दा थप शोकमा डुबेका छन । यति बेला सिंंगो बारेकोट शोकमा, भोकमा, रोगमा र अभावमा जुरमुराइरहेको छ । एका तिर आफन्त गुमाएको पिर त अर्काेतिर थुहिने त्रिपालको बासले झन सास्ती थपेको सार्की टोलका बासिन्दाको भनाई छ ।

प्रकृतिले ठगिएका सार्की टोलका बासीन्दालाई न नेताले हेरेका छन नत सरकारले नै हेरेको छ । अझ निरीह र लाचार बनेर टुलुटुलु हेरी रहेको छ । बारेकोटका विस्थापितहरुले तत्काल गास, बास र कपासको व्यवस्था गर्न सरकार सँग हारगुहार गरिरहेका छन । bignewskhabar

तपाईको प्रतिक्रिया