विकास खर्च ३७ प्रतिशत मात्रै ।

जाजरकाेट । गत आर्थिक बर्ष २०७६/७७ मा जाजरकोट जिल्लाको संघिय सरकारबाट प्राप्त पुँजीगत रकम ३७ प्रतिशत मात्र खर्च भएको छ । बजेट निकासा समयमै नहुँनु, लामो समय देखिको लकडाउन, कामको सम्झौता गरेपनि समयमा काम नुहँदा बजेट खर्च हुन नसकेको हो ।

संघिय सरकारको पुजीगत तर्फको ८६ करोड १२ लाख ६५ हजार मध्ये ३२ करोड २८ लाख ३४ हजार अर्थात ३७ दशमलब ४८ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय जाजरकोटले जनाएको छ । त्यस्तै प्रदेश सरकारको पुजीँगत अनुदान तर्फ एक अर्ब ४८ करोड ५७ लाख ४७ हजार ७ सय १६ रुपैया मध्ये ८८ करोड ७३ लाख ५६ हजार ९ सय रुपैया अर्थात ५९ दशमलब ७२ प्रतिशत खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय जाजरकोटले बुधवार गत आर्थिक वर्षको संक्षिप्त प्रारम्भिक आर्थिक वार्षिक प्रतिवेदन सार्वजनिक गरेपछि बजेट खर्च कम भएको पाइएको हो । सार्बजनिक प्रतिवेदन अनुशार जाजरकोटका सात स्थानीय तह र सरकारी कार्यालय गरि आ.व. ७६।०७७ को बजेट कार्यान्वयन सम्वन्धी प्रारम्भिक वार्षिक प्रतिवेदनमा पुजिगत तर्फ खर्च निकै कम भएको देखिएको छ ।

त्यस्तै संघ तर्फको चालु वजेट ३ अरव ६५ करोड १२ लाख २४ हजार ६ सय नौ रुपैया पैसा २५ मा चालु खर्च ३ अरव , ४९ करोड १३ लाख ८४ हजार ७सय ५७ रुपैया अर्थात ९५ दशमलब ६२ प्रतिशत खर्च भएको छ । जिल्लामा राजस्व तर्फ ३० करोड ५९ लाख ७० हजार ७ सय ७२ रुपैया ९० पैसा विभिन्न शिर्षकमा राजश्व संकलन भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । प्रदेश तर्फको चालु तर्फ ७५ करोड ६८ लाख २ हजार मध्य ४९ करोड ७० लाख ६२ हजार ७ सय ४४ रुपैया अर्थात ६५ दशमललब ६८ प्रतिशत खर्च भएको छ ।

प्रदेश तर्फ ९४ लाख ५७ हजार ५ सय ९९ रुपैया मात्र आम्दानी भएको कोष तथा लेखा नियन्त्रक याम वहादुर थापा मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया