जनताका लागि बाँच्न र मर्न तयार छौँ ः उपाध्यक्ष शाही

             बारेकाेट गाउँपालिका ४ सार्किटाेलमा पहिराेमा उद्धार गर्दै उपाध्यक्ष शाही तस्वीर

बारेकोट गाउँपालिकाका उपाध्यक्ष ओमा शाही संग गरिएको कुराकानी प्रस्तुत गर्दछौँ ।
गाउँपालिकाका जनताका लागि हामी मर्न र बाँच्न समेत तयार रहेका छौँ । जतिवेला जनतालाई दुःख पर्छ । त्यतिवेला हामी जनताका कामका लागि मर्न तयार हुन्छौँ ।
१. स्वागत छ ?
धन्यवाद ।
२. बारेकोट गाउँपालिका अहिले के गर्दैछ ?
बारेकोट गाउँपालिका समस्या र चुनौतीको विचमा रमलिएको छ । पहिलो चरणमा कोरोना आयो र यसले गाउँपालिकालाई निकै समस्या पारिरहेको छ । पछिल्लो सयम आएको अनौठो किसिमको सलह किराले निकै समस्या पारेको छ । अर्काे घटना दैविक प्रकोप बाढी पहिराले जनतालाई निकै समस्यामा पारेको छ । मृतकको शव व्यवस्थापन गर्दै गाउँपालिकाकाले विस्थापित परिवारलाई बास, गास र कपासको व्यवस्था गरेका छौँ ।

प्रदेश र केन्द्रलाई राहतको लागि व्यवस्था गरेका छौँ । सार्की टोलमा भएको घटनाले हाम्रो मन मष्तिस्कलाई छोएको छ । दलित महिलाई चुनावी नाराका साथ दलित महिलालाई कृषिमा छुट्याएको रकमलाई सदुपयोग गरियो । दिदीबहिनीले गरेको कामलाई पहिरोले सखाप पारिदियो । आफु बचौँ र अरुलाई बचाऔँ भन्ने नाराका साथ हामीले काम गरेका छौँ । बाँचे विकास भन्ने चिज केही होइन भन्ने मेरो मानसिकता हो ।

हामीले सके गरौला नसके प्रदेश र संघीय सरकारलाई हामी भनौँला जनतालाई सेवा सुविधा बाट बञ्चित गरिने छैन । विस्तावित परिवारलाई पुर्नवासका लागि काम अनिवार्य गर्नुपर्छ भन्ने कुरामा जोड गर्दै आएका छौँ ।

३. पहिरो पिडितलाई राहत वितरणका लागि गाउँपालिकाको तयारी के छ ?
गाउँपालिकाले पहिरो बाट पिडितलाई पहिले खान ,बस्न र अस्थाई बसोबासको साधारण व्यवस्था गरेको छ । घरपरिवार विहीन भएका नागरिककका लागि हामीले घर बनाउने व्यवस्था गरेका छौँ । हामी लगायत संघीय सरकार र प्रदेश सरकार विच समन्वयन गरी जनताको घर निर्माण गर्ने प्रक्रियामा हामी छौँ ।

४. तपाई निर्वार्चित भई सकेपछि बारेकोटबासीका लागि के काम गर्नुभयो ?

मैले चुनाव जितिसकेपछि भौतिक पूर्वाधारको लागि समग्र बारेकोटमा रोड पुर्यायौँ । गाउँपालिकाको भवन निर्माण गरौँ । महिला क्षेत्रमा स्वमयंसेविका लाई १ हजार रुपैयाँ थपियो । हजार दिने आमा संग उपाध्यक्ष कार्यक्रम राखेर साम्रगी वितरण गरियो । तीज विशेष कार्यक्रम पहिलो पटक गरियो ।

त्यसपछि अन्तराष्ट्रिय महिला दिवस मनाउने कार्यक्रम गरियो । उपाध्यक्ष संग धान दिवस कार्यक्रम मनाउने काम गरियो । शिक्षा, स्वास्थ्य, खानेपानी कृषि र भेटनेरीलाई पहिलो प्राथमिकता राखि काम गरिरहेका छौँ । हाम्रो गाउँपालिकामा पुल निर्माण गरिएका सात वटा जति मलाई थाहा नै छ । अरु पनि थुप्रै काम गरेका छौँ ।

७.सार्कीटोलका नागरिकलाई केके गर्ने भन्ने चुवानी नारा राख्नुभएको थियो ?

जस्तै चुनावको वेला पिडित बस्ती सार्की टोललाई जचेतनामुलक काम गरेर अगाडि बढाउने भन्ने मेरो प्रतिबद्धता थियो । पहिरो पिडित टोललाई आगामी दिनमा बस्ती बस्ने हो भने तार जालीको व्यवस्था गछौँ । यदि बस्ती नै नहुने भए बस्ती विस्तारका लागि केन्द्र र प्रदेश समन्वयन गरी वस्ती विस्तार गछौँ ।

८. यूवाका लागि कस्ता कार्यक्रम तयार गर्नुभएको छ ?

जीवनस्तर स्तर उकास्ने कार्यक्रम ल्याएर आउनुपर्छ । हामी बजेट बनाउने कुरामा तयार छौँ । आमागी आर्थीक बर्षको बजेटमा यूवा तथा खेलकुदमा ५ लाख बजेट विनियोजन गरेका छौँ । त्यसमा नपुगे हामी थप्न तयार छौँ ।

९. खाद्य व्यवस्था गर्न पालिकाकाले के गर्दैछ ?

खाद्यको लागि बारेकोटमा बाटो विस्तार गरिनेछ । पहिलो प्राथमिकता खाद्यलाई हो । खाद्य नभएर जनता बाँच्न गाह्रो छ । त्यसैले बाटो विस्तार गरी हामी यहाँका जनतालाई खाद्य बाट बञ्चित गर्ने छैनौँ । छिट्टै खाद्यको व्यवस्था गर्नेछौँ ।

१०. आगामी दिनमा गाउँपालिकाले के काम गर्दैछ ?
आगामी दिनमा गाउँपालिकाले सडकलाई प्राथमिकता दिएका छौँ । जनताको जीवनस्तर उकास्ने खालका विभिन्न कार्यक्रम ल्याएका छौँ । क्वारेन्टाइन निर्माणका लागि ९ वडामा ९ वटा भवन निर्माणका लागि रकम विनियोजन गरेका छौँ । गाउँपालिका जनता संग छ हामी जतिवेला पनि जनताको काम गर्न तयार छौँ ।

विपदको समय नभएकोले जनचेतना विस्तार गर्न हामी रातदिन खटिरहेका छौँ । त्यस्तो ठाउँमा भएका नागरिकलाई सुरक्षित स्थानमा जान समेत आग्रह गर्दछु ।

११. अन्त्यमा के भन्नुहुन्छ ?
मलाई मेरो कुरा राख्ने मौका दिनुभएकोमा तपाईको लोकप्रिय अनलाईन पत्रिका परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । हामी यति वेला पहिरोको जोखिममा भएकोले सुरक्षित स्थानमा जान समेत आग्रह गर्दछु । सलह किरा बारेकोट भित्र प्रवेश गरेकोले किसानहरुलाई नआतिन समेत आग्रह गर्दछु ।

थाली, दमा बजाएर भगाउन सकिने भएकोले सबै आफु सचेत रहौँ ।

 

तपाईको प्रतिक्रिया