रिम्ना दोभान संरक्षण तटबन्धन निर्माण योजना सम्पन्न

Bibek Gautam Khatri

रुकुम पश्रिम सानिभेरि गाँउपालिका वडा न ४ स्थित रिम्ना दोभान संरक्षण तटबन्धन निर्माण योजना कार्यक्रम सम्पन्न भएको छ । आ.ब २०७७-०७८ को बार्षिक बिनियोजित कार्यक्रम अनुसार डिभिजन बन कार्यालय रुकुम (पश्रिम) , र कर्णालि प्रदेश को आर्थिक सहयोगमा ४०,००००० लाख रुपैयाँ प्राप्त भएको थियो ।

२०७७ असार २ गते सुरु भएको तटबन्धनको काम हिजो सकियको रिम्ना दोभान संरक्षण तटबन्धन निर्माण उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर ओलिले जानकारि दिनुभयो । उधोग ,पर्यटन , बन तथा बाताबरण मन्त्रालय र डिभिजन बन कार्यालय रुकुम (पश्रिमको ) सहयोग ४०,००,००० प्राप्त भएको थियो भने उक्त बजेटमा १६०,००० हजार कन्टेन्जेन्सि कट्टि गरि ३८ लाख ४०,००० रुपैँया प्राप्त भएको थियो । समुदायको सहयोग रु छ लाख पचास हजार ४०६ गरि , कुल लागत रकम रु ४४ लाख ९० हजार ४०६ रुपैँया खर्च भएको स्थानिय नरदेब रिजालले जानकारि दिनुभयो ।

तपाईको प्रतिक्रिया