केशर पुन मगर
असार १३, रुकुम पश्चिम – कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएका रुकुम पश्चिमका पहिलो संक्रमितले कोरोनालाई जितेर घर फर्किएका छन् । जिल्लाको मुसिकोट नगरपालिका १२ का ३३ बर्षिय पुरुषमा असार ६ गते कोरोना संक्रमण पुष्टिका पुरुष शुक्रबार कोरोना जितेर घरफर्किएका हुन । कोरोनो पुष्टि हुनासाथ ति पुरुषलाई मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाईनमा राखिएको थियो ।
कोरोना पुष्टि भएपछिको उनको स्वास्थ्य परिक्षण गर्दा पहिलो परिक्षणको रिपोर्ट नेभेटिभ आएपछि उनलाई शुक्रबार डिस्चार्ज गरिएको मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरबिर खड्काले बताएका छन । रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाईनमा राखिएको ६ दिनपछि उनलाई घर पठाईएको खड्काको भनाई छ ।
गत जेठ १४ गते भारतको माहाराष्ट्रबाट जिल्ला भित्रिएका ति पुरुष सहित ४५ जनाको समुहलाई सोही दिन मुसिकोट नगरपालिका १३ को महेन्द्र माविमा निमार्ण गरिएको क्वारेन्टाईनमा राखिएको थियो । क्वारेन्टाईनमा बसेको १ सातापछि २३ गते स्वाव संकलन गरेर परिक्षणका लागि राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही पठाईएकामा त्यसको ८ दिन र क्वारेन्टाईनमा बसेको १७ दिनपछि उनलाई जेठ ३१ गते घर पठाईएको निमित्त प्रमुख प्रशासकिय अधिकृत नरबिर खड्काले बताएका छन ।
















































। १३ असार २०७७, शनिबार