शुक्रबार कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमन पुष्टि , संक्रमितको संख्या १२ सय ३३ पुग्ये – HPKHABAR.COM

जाजरकोट– कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट शुक्रबार ९ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका कोरोना संक्रमितमध्ये सुर्खेतका ६ जना, दैलेखका २ र जाजरकोटका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा .लक्ष्मीनारायण तिवारीले जानकारी दिएका छन । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १२३३ पुगेका छन ।डा . तिवारीका अनुसार कोरोना संक्रमित थपिएका सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं १, २, ६, ८ र ११ का एक महिलासहित ६ जना रहेका छन् ।

भने दैलेखको भैरवी गाउँपालिकका वडा नं २ का दुईजना पुरुष र जाजरकोटको छेडागाड नगरपालिका ( ४ ) का एकजना पुरुष रहेका छन् ।शुक्रबार मेहेलकुना अस्पताल सुर्खेतबाट एकजना, कालीकोट जिल्ला अस्पतालबाट दुईजना डिस्चार्ज भएका छन् । यो सँगै कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या ५०८ पुगेको छ । भने कर्णाली प्रदेशमा ४ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया