बिहिबार गर्भवती महिलालाई हेलिकप्टर द्धारा कुशे गाउँपालिकाले उद्धार गर्यो

HPKHABAR.COM

जाजरकोट – कुशे गाउँपालिकाले एक गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरेको छ । सुत्केरी व्यथाले थला परेकी गर्भवती महिलालाई गाउँपालिकाले बिहिबार हेलिकप्टरबाट उद्धार गरेर कोहलपुर मेडिकल कलेजमा पुर्याएको हो । कुशे गाउँपालिका–३ डाँडाखेतकी २० बर्षिय जानुका रोकाय बस्नेत लाई हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेजमा उद्धार गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिएका छन ।

दुई दिन पहिला देखि सुत्केरी व्यथाले थला परेकी जानुकाको उपचार अर्छानी स्वास्थ्य चौकीमा हुन नसकेपछि अध्यक्ष हरिचन्द्र बस्नेतको समन्वयमा गाउँपालिकाले आर्थिक खर्च व्यहोर्नेगरी हेलिकप्टरमा कोहलपुर पुर्याईएको अधिकृत गिरीको भनाई छ । जानुकाको उपचारका लागि नेपाल सरकारले संचालनमा ल्याएको राष्ट्रपति महिला उत्थान कार्यक्रमको प्रक्रियामा नलागेर गाउँपालिकाले हेलिकप्टर भाँडा तिर्ने गरी कोहलपुर पुर्याईएको छ । अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको जानुकाका पति सुरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया