अमेरिकन फौजी किराले मकै बाली नष्ट गरे पछि जाजरकोटका किसानहरु चिन्तित

अमेरिकन फौजी किराले मकै बाली नष्ट गरे पछि जाजरकोटका किसानहरु चिन्तित भएका छन

प्रकाश रोकाय
जाजरकोट–जाजरकोटको विभिन्न ठाउँहरुमा किसानहरुले लगाएको मकै बाली फौजी किराले नष्ट पारेकोे छ । अमेरिकन फौजी किराले बिरुवाको पात, जरा र गुफो समेत खाईदिएपछि नलगाड नगरपालिका १ जुरेलीका किसान चिन्तित बनेका छन् । असिना, पानीले हिउँदे (गहुँ) बाली नष्ट भएको बताउदै लालबहादुर रानाले  बर्षेबालीकाे आशामा बाँची रहेका किसानहरुलाई फौजी किराले निरास बनाएको रानाले बताएका छन ।

बारीमा रोपेको मकै ठुलो होला, गोडमेल गरौला भन्ने सोच राखेका किसानहरुलाई यस बर्ष फौजी किराले २–३ पटकसम्म बारीमा मकै रोप्न बाध्य पारेको नलगाड नगरपानिका १ जुरेलिका किसानले बताएका छन् । मध्ये पहाडका अधिकांश किसानहरु मकै बालीमा निर्भर हुने गर्दछन् तर, अमेरिकन फौजी किराले बारीको मकै बाली नष्ट गरेपछि किसानहरु चिन्तित बन्न थालेका छन् ।

१०–१५ रोपनी जग्गामा उत्पादन गरिएको मकैबाट बर्ष दिनको छाँक टार्दै आएका जाजरकोटका किसानहरुलाई यस बर्ष मकै बालीमा लागेको फौजी किराले चिन्तित हुन बाध्य बनाएको छ । कोरोना भाईरसको जोखिमतासंगै असिनापानीले हिउदे बाली र फौजी किराले बर्षे (मकै) बाली नष्टगरेपछि गाउँमा भोकमरि सुरु भैसकेको गणेश पुनले जानकारी दिएको छन । जनताको घर नजिकको सरकार स्थानीय तह यस बिषयमा जिम्मेवार बन्नुपर्ने पुनको भनाई रहेको छ ।

जिल्लाको सात वटै पालिकाका किसानहरुको मकैबाली फौजी किराले नष्ट गरेको जानकारी अनुसार जिल्ला कृषि विकास कार्यालय प्रमुख गणेश अधिकारीले किराको प्रकोपलाई रोकथाम तथा नियन्त्रण गर्न कार्यालयले बिषादी औषधीहरु खरिद गरि वितरण गर्नको लागि जिल्लाका सबै पालिकाका कृषि शाखालाई हस्तान्तरण गरि सकेको । जिल्ला कृषि विकास कार्यालय जाजलरकोटका प्रमुख गणेश अधिकारीले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया