
रुकुम पश्चिम चौरजहारीको सोतीमा भएको घटनामा संलग्न जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउने कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त पन्तले बताएका छन । उनले शनिवार घटनास्थलको स्थलगत अवलोकन गर्नुका साथै पिडित परिवार सँग भेटघाटसमेत गरेका छन् ।
पिडित परिवारले घटनाको निश्पक्ष छानवीन गरि अपराधमा संलग्नलाई हदै सम्मको कारवाही हुनु पर्ने माग गरेका हुन। हामी गरीव र निमुखाले आफ्ना निर्दोष सन्तान गुमाएको र आफ्नो पहुँच कतै नभएकोले छोराको हत्यारालाई जुनसुकै हालतमा कारवाही हुनुपर्ने नबराज बिककी आमा उर्मिला बि कले दुखेसो पोखेकि छन ।
उनले भनिन ‘प्रहरी र न्यायलय प्रति ठुलो विश्वास र भरोसा छ । छोरा गुमाएका बलबहादुर विकले घटनालाई तोडमोड गर्न खोजिएको भन्दै आक्रोस पोखेका छन भने । उनले भने ‘सवै पौडी खेल्न सक्ने केटाहरु हुन । कुटपिट गरी मारेर फालिएको हो तर नदीमा आफै बगे भनेर घटनालाई सामान्य बनाउन खोजिएका छन ।
यो कुरा हाम्रो लागी सहय हुँदैन । सत्यतथ्य छानवीन होस हामीलाई न्याय दिलाईयोस दोषी उम्किन नपाउन डिआईजि पन्तले घटनाको निश्पक्ष छानवीन हुने बताए । उनले भने ‘तपाईहरु ढुक्क हुनुहोस छानवीन निश्पक्ष हुन्छ । दोषी सजायको भागिदार हुन्छ तपाईहरुले न्याय पाउनुहुन्छ । मैले अनुसन्धानमा संलग्न मातहतका सबै प्रहरीलाई निर्देशन दिईसकेको छु । शनिवार नै हाल सम्मको घटनाको प्रगति विवरण जाजरकोट प्रहरीले प्रहरी नायव महानिरीक्षक पन्तलाई बुझाएको छ ।
उनले घटनाको सत्यतत्य छानवीन गर्न निर्देशन दिदै अपराधीलाई कुनैपनि हालतमा उम्कन नदिन प्रहरीले निश्पक्ष भएर काम गर्नु पर्ने बताएका हुन । डिआईजी पन्त सँगै स्थलगत अवलोकन गर्न घटनास्थलमा जाजरकोट र रुकुमका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख सहितको उपस्थिति समेत रहेको थियो ।
















































। १९ जेष्ठ २०७७, सोमबार