
जाजरकाेट १९– कर्णाली प्रदेशमा आज सोमबार सम्म १९८ जनामा संक्रमण पुष्टि भएको छ । कर्णालीका ६ जिल्लामा अहिलेसम्म कोरोना संक्रमण पुष्टी भएको छ । कर्णालीका १० जिल्लामध्ये कोरोना संक्रमित संख्या सबैभन्दा बढी दैलेख र सल्यान जिल्लामा देखिएको छ भने ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार कुल संक्रमित मध्ये दैलेख ८९ जना, सल्यान ३५ जना र सुर्खेतमा ३४ जनामा कोरोनाको संक्रमण फेला परेका छन । त्यस्तै, जुम्लामा १९ जना, कालिकोटमा १८ जना र मुगुमा १ जना कोरोना संक्रमित भेटिएका छन् । कर्णालीका कोरोना संक्रमण १९८ जनामध्ये एक जना बाजुरा र एक जना बझाङ जिल्लाका रहेका छन् ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशका १० जिल्ला मध्ये रुकुमपश्चिम, डोल्पा, मुगु र हुम्ला जिल्लामा कोरोनाको प्रभाव देखिएको छैन् । अहिलेसम्म कोरोनाका कारणले कर्णाली प्रदेशमा १ जनाको मृत्यु भएको छ ।
















































। १९ जेष्ठ २०७७, सोमबार