केशर पुन मगर , रुकुम पश्चिम ।
रुकुम पश्चिममा बुधबार भएका छुट्टाछुट्टै तीन घटनामा परी तीन जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका– ८, बाफिकोट– २ र ४ मा गरी जम्मा तिन जनाको एकै दिन मृत्यु भएको छ । मुसिकोट नगरपालिका– ८ मा बुधबार ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
घोरखानीबाट ७ नम्बर वडातर्फ आइरहेको रा.१ त १८७ नम्बरको ट्रयाक्टर खानीबासमा चिरबाट ट्याक्टर पल्टिँदा चालक सोही ठाउँका २० वर्षीय नरेश सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । चालकको शव सडकबाट पाँच सय मिटर तल फेला परेकोे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक कविराज रोकायले जानकारी दिनुभएको छ ।
त्यसैगरी, बाफिकोट– ४ का ४६ वर्षीय धर्मु जैसीको चिउरीको बोटबाट खसेर मृत्यु भएको छ । गाईवस्तुका लागि ५ नम्बर वडाको भाटखोरीयामा घाँस काट्न गएको वेला उनी रूखबाट खसेका प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।
त्यसैगरी बाफिकोट– २ बारकोटेका सात वर्षीय बालक शेरबहादुर ओलीको पिङ खेल्ने क्रममा डोरीमा बेरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
















































। ८ जेष्ठ २०७७, बिहीबार