भारतबाट कर्णालीमा १२ सय भित्रिए, काेराेनाकाे जाेखिम बढ्दै

सुर्खेत । बुधबार राती मात्र भारतको बिभिन्न ठाउँबाट कर्णालीमा एक हजार दुई भन्ददाबढी नागरिक कर्णालीमा प्रदेश गरेका छन् । भारतका बिभिन्न ठाउँबाट बुधबार राती उनीहरु बबई आईपुगेका हुन् ।

बुधबार बबईमा आइपुगेका मध्ये दैलेखका पाँच सय, सुर्खेतका तीन सय २०, सल्यानका दुई सय ६६, जाजरकोटका ७७ र कालिकोट जिल्लाका ४४ जना छन् ।

कर्णालीमा भारतबाट ठुलो संख्यामा नागरिक कर्णालीमा आउने क्रम बढेको उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्थाका लागि स्थानीय सरकार, प्रशासन, सुरक्षा निकायलगाएत सम्बद्ध पक्षलाई अनुरोध काम भएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताए । ‘आबश्यक सहयोगकालागि राजनीतिक दल, नागरिक समाज, बौद्धिक व्यक्तित्व, युवालगाएत समस्त व्यक्तित्वहरूलाई अपिल गरिएको छ ।’ उनले भने,‘दवावले होइन स्वऐच्छाले अनिवार्य क्वारेन्टाइनमा बस्न भारतबाट फर्कनु भएका नागरिकहरुलाई अनुरोध गरेका छौं ।’

भारतबाट एकैपटक ठूलो संख्यामा नागरिकहरु त्यहाँ पुगेपछि कर्णाली प्रदेश सरकारले तत्काल आरडिटीका लागि आवश्यक किटसहित स्वास्थ्य जनशक्ति बबईमा राखिएको छ ।

तत्काल ७०० किटसहित १६ जना आरडिटीका लागि कर्मचारी त्यहाँ परिचालन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेश सरकारले कर्णालीका भारतबाट २० हजार नागरिक भित्रिने अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया