
जाजरकोट जिल्लामा दैनिक रुपमा खानेपानीको समस्यालाइ मध्यनजर गर्दै जाजरकोट सिचाई तथा खानेपानी डिभिजन् कार्यालय र जिल्ला समन्यव समिति जाजरकोटले प्रत्यक्ष रुपमा मुहान अनुगमन गरेको छ । जिल्लामा जनघनत्व बढ्नुको साथ् साथै पानीको समस्या देखिएको छ । खानेपानीको मुहानको उचित रुपमा ब्यबस्थापन हुन् सकेको छैन । भेरी नगरपालिकाका बिभिन् स्थानमा पानिका पाइपलाइनहरुको ब्यबस्थापन हुनसकेका छैनन् । यस्ता समस्याहरुलाई मध्यनजर गर्दै यस आर्थिक बर्षमा तिब्र रुपमा जिल्लामा मुहान र खानेपानीको उचित ब्यबस्थापन गर्ने सिचाई तथा खानेपानी डिभिजन कार्यालयका प्रमुख ज्वालाराज साहीले जानकारी दिनुभयो । बृहत खानेपानी योजना अगाडी बढे संगसंगै पुराना खानेपानी मुहानको ऐतिहासिक महत्व र दीर्घकालीन रुपमा यसलाई बचाई प्रयोगमा ल्याउन चुनौतीको बिषय रहेको छ। बृहत खानेपानीको उचित रुपमा ब्यबस्थापन र प्रयोग नआउदा सम्म र वैकल्पिक खानेपानीको दीर्घकालीन रुपमा यस बुद्बुदी मुहानलाई ब्यबस्थित गर्न सके जिल्लामा खानेपानिको समस्या समाधान गर्न सकिने शाहीले बताउनु भयो। जिल्लाका ऎतिहासिक महत्त्वका मुहानको सुधार र संग्रक्षण गरि नयाँ आउने पिडिलाइ सकुशल हस्तान्तरण गर्ने जिम्मेवारी अहिलेको नेतृत्वको मुख्य चुनौती रहेको जिल्ला समन्वय प्रमुख मन बहादुर रावलले बताउनु भयो।

जाजरकोट :बुद्बुदी खानेपानि मुहान अनुगमन
तपाईको प्रतिक्रिया
















































। १५ बैशाख २०७७, सोमबार