यो बर्षमा मैले सबै कुरा बद्लिएको देखे

प्रकाश रोकाय : जाजरकाेट यो बर्षमा मैले क्यालेन्डर मात्र बदलिएको हैन । सबै कुरा बदलिएकाे देखे ,जब आफुलाई दु:ख पर्दा आफन्त बदलिएकाे देखे, गरिबिमा साथीहरू बदलिएकाे देखे, अभावमा आफू भन्दा पनि धेरै माया गर्ने प्रेमि प्रेमिका बदलिएकाे देखे , हुन्त साँझ परेपछि आफ्नै छायाले पनि साथ छोडेर जान्छ, अनि आफन्त, साथीहरू, प्रेमी प्रेमिकाहरु त सबै आफुले आफ्नो खुट्टामा टेक्ने भैसके पछि पो बनाएका हुन,त्येसैले त होला सायद , आफू सधै खुशी भएर सबैलाई सहयोग गरेर,सबैले भनेको मानेर ,सबैले जे गरम भने पनि कहिले पनि पछि न हटेर बनाएका भएर होला सायद ,आफन्त साथी प्रेमी प्रेमिका सबै सुखमा आफ्ना हुने रहेछ यहाँ, दु:खमा पर्दा आफन्त टाढा हुने रहेछन, जब आफू गरिबिको रेखामुनि पुग्दा, आफू सङग पाँच रुपैयाँ नभएको बेला , त बिना मर्छु होला हाम्रो साथ अजम्बरी कहिल्यै नछुटोस, भन्ने साथीहरू पनि टाढा हुँदा रहेछन , आफुलाई परेको अभावमा आफुले आफू भन्दा पनि उसलाई धेरै माया र बिश्वास गरिन्छ , अनि उ छ भनेर आशा भरोसा गरिन्छ, उ नै मेरो सबै थोक हो भनेर हामी जस्लाई भरोसा गर्छौ,आखिर उसैले हामिले देखेका सारा सपनाहरू चकनाचुर पारेर मुटु नै ,धुजा धुजा पारेर गैदिन्छन ,अनि जिन्दगी कति कठिन बन्छ मान्छेलाई, जिन्दगी जिउने कुनै बाटो नै भेटिदैन त मान्छेले के गरुन,त्येसैले तपाईंलाई गरेको भरोसा दु:खमा खोजेको साथ अभावमा खोजेको प्रेमी प्रेमिकाको मागेको हात , अनि खोजेको साथ नदिए पछि के गर्छन होला ,अनि मान्छे चिन्ने भनेको दु:खमा सुखमा , अभावमा, र गरिबिमा हो , त्येसैले कसैले मागेको साथ अनि कसैले गरेको भरोसा ,र अभावमा मागेको हात र साथ जहिले पनि दिनु पर्छ , आफ्नो पालो पनि त आउँछ, पृथ्वी गोलो छ परिक्रमा गरेको हुन्छ ,तपाईलाई भगवानले पनि एउटा मुटु पनि त दिएका छन, अरुको मन मात्र दुखाएर हुदैन आफ्नो पनि त पालो आउँछ, नि फरक यति मात्र हो, कसैको पालो छिटो आउँछ त ,कसैको पालो ढिलो आउँछ, अनि थाहा हुन्छ ,तपाईंले कसैलाई गरेको भरोसा टुट्दा ,अनि तपाईंले दु:खमा साथीहरूले मागेको साथमा साथ नदिदा, त्यो बेला थाहा हुन्छ मुटु सबैको हुन्छ, चोट लाग्दा मन सबैको रुन्छ,न कुनै ठुलो भनिन्छ , न कुनै सानो मन सबैको एउटै हुन्छ, मुटुमा चोट लाग्दा सबै रुन्छन , त्येसैले सम्बन्ध भनेको त्येस्तो राख्नु होस , सबै सङग आँखा र हात जस्तो , आँखा बाट आँसु आउँदा हातले नै पुछिदिन्छ र हातमा चोटलाग्दा आखा बाट नै आँसु झर्छ , त्यो त तपाईंहरुलाई थाहा छ ।

नाम –  प्रकाश रोकाय

ठेगाना – छेडागाड नगरपालिका ७ पैराम जाजरकोट
हाल – जाजरकोट खलंगा सामुदायिक रेडियो खलंगा १०७.६ मेगाहजर्मा कार्यरत

तपाईको प्रतिक्रिया