दैलेखका ४४ जनाको उद्धार सुर्खेतमा अलपत्र परेका थिए

सुर्खेतमा अलपत्र परेका ४४ जनाको उद्धार गरिएको छ। लकडाउनका कारण अलपत्र परेका उनीहरुलाई स्थानीय युवा प्रकाश ढकालको पहलमा उद्धार गरिएको हो। दैलेखबाट पढाइको सिलसिलामा सुर्खेतमा बस्दै आएका र उपचारका लागि सुर्खेतमा रहेका ४४ जनालाई ना५ख ६३६१ नम्बरको बसमा बुधबार दैलेख पठाइएकोछ।

यस्तै काठमाडौंबाट आएका डोल्पाका ४ जनालाई उद्धार गरी पठाइसकिएको र तीन जनालाई पठाउने तयारी भइरहेको ढकालले बताए। यस्तै जिल्ला प्रशासन कार्यालय दैलेखले काठमाडौं लगायत विभिन्न बाहिरी जिल्लाहरुमा अलपत्र परेका २ सयभन्दा बढी दैलेखका नागरिकको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्र बहादुर क्षत्रीले बताए।

प्रशासनले स्थानीय सरकारलाई बाहिर अलपत्र परेका नागरिकको उद्धार गर्न भनेको र स्थानीय तहहरुले पनि बाहिरी जिल्लामा अलपत्र परेका दैलेखका नागरिकको उद्धार गर्ने काम गरिरहेको सहाएक सिडियो क्षत्रीले जानकारी दिए।

तपाईको प्रतिक्रिया