कोरोनाको त्रासबीच अध्यादेशले राजनीतिक अस्थिरताको चिन्ता लिदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय दुरी बढिरहेको छ। विश्वभर फैलिएको कोेरोना भाइरस कोभिड १९ विरुद्ध लड्न अध्यक्ष दाहालले उच्च स्तरीय राजनीतिक संयन्त्र निर्माण प्रस्ताव गरे। तर, प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्विकार गरेपछि अध्यक्ष दाहालको योजना विफल भयोे।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको दुरी बढेपछि नेकपा तरङ्गित भएको छ। राजनीतिक संयन्त्रको बिषयलाई लिएर तत्कालीन एमालेनिकट नेताहरुले अध्यक्ष दाहाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईसँग नजिकिएको आरोप लगाउँदै आएका थिए।

पार्टीभित्र प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको विवाद रहँदै गर्दा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पार्टी विभाजनमा सहज बनाउन सरकारले विधानमा कानुनमा संविधान संशोधन गर्ने अध्यादेश ल्याउने निर्णय गरेको छ। यो अध्यादेशले दलहरु विभाजित हुने सम्भावना बढाउने भएपछि देशमा राजनीतिक अस्थिरता हुने चिन्ता बढाएको छ।

प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्बाट अध्यादेश ल्याउने निर्णय गरेसँगै पार्टीभित्र तरङ्ग पैदा भएको छ। प्रचण्डसँग पटक पटक कुरा बाझिँदै आएको बेलामा प्रधानमन्त्रीले अध्यादेश ल्याउने निर्णय गरेपछि तत्कालीन माओवादी केन्द्र नेकपाका नेताहरुमा तरङ्ग पैदा भएको हो। सरकारले संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत रहेको प्रावधानमा त्यसलाई संशोधन गर्न सरकारले अध्यादेश ल्याउने भएको हो।

प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउने निर्णय गरेपछि उर्जामन्त्री वर्षमान पुन अध्यक्ष दाहाल निवास पुगेका छन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेलामा प्रधानमन्त्रीले अध्यादेश ल्याउने निर्णय गरेपछि मन्त्री पुन खुमलटार पुगेका छन्। पार्टी एकता भएको दुई वर्ष पुग्नै लाग्दा समेत पार्टी एकताको बाँकी सकेको छैन।

तर, विवादले जरो गाडिरहेको बेलामा सरकार गरेको अध्यादेश ल्याउने निर्णयलाई अर्थपूर्ण रुपमा हेरीएको छ। सरकारले अध्यादेश ल्याउने निर्णय लिएसँगै तत्कालीन माओवादी केन्द्रनिकट नेताहरुले अध्यक्ष दाहाल निवासमा छलफल गरेका छन्। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच यसअघि सभामुख चयन, अमेरिकी परियोजना एमसिसी, बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने बिषय, उच्चस्तरीय राजनीतिक संयन्त्रको बिषयलाई लिएर विमति देखिएको थियो।

तर, ओली र दाहालबीचको विवाद तल्लो तहसम्म छताछुल्न भएपछि मध्यामार्गीको रुपमा वरिष्ठ नेता माधवकुमार नेपालले लिएका थिए। तर, प्रधानमन्त्री ओली, अध्यक्ष दाहालबीच शक्तिकपो गुट सक्रिय भइरहँदा नेता नेपाल निर्णायक भूमिकामा थिए। जसले गर्दा नेकपाभित्र नेता नेपालका भूमिका महत्वपूर्ण मानिन्छ।

त्यसैले त्रिपक्षीय शक्ति गुटले गर्दा नेकपाभित्रको विवादले समाधानको बाटो पहिल्याउन सकेको थिएन। तर, संकटकोे बेलामा पछिल्लो समय विवाद उत्कर्षमा पुगेको बेलामा अध्यक्ष दाहाल र प्रधानमन्त्री ओलीबीच शनिबार भेटघाट भएको थियो। जुन भेटमा पनि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सहमति जुट्न सकेको थिएन।

अध्यक्ष दाहालसँगको भेटपछि प्रधानमन्त्री ओलीले नेता नेपालसँग बालुवाटारमा बोलाएर आइतबार एकल भेटवार्ता गरेका थिए। अध्यक्ष दाहालसँगको विमतिको बेलामा नेता नेपालसँगको भेटलगत्तै सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अध्यादेश ल्याउन निर्णय गर्नुले अर्थपूर्ण रुपमा नेकपाका नेताहरुकै भनाई छ।

तपाईको प्रतिक्रिया