तुर्कमेनिस्तानमा घरेलु लिग फुटबल फेरि सुरु

एजेन्सी : एशियाली देश तुर्केमिनिस्तानले आफ्नो स्थगित घरेलु लिग फुटबललाई सूचारु गरेको छ। तुर्केमिनिस्तानले राजधानी अस्गाबातमा रहेको स्टेडियममा दर्शकसहित आफ्नो घरेलु शीर्ष डिभिजनको फुटबल लिगलाई सूचारु गरेको हो।

विश्वभरफैलिएको कोरोना भाइरस संक्रमणले अहिले खेलकुद क्षेत्र ठप्प रहँदा तुर्किमिनिसतानमा भने लिग सुचारु गरिएको छ। संसारभर कोरोनाको संक्रमितको संख्या बढीरहेको समयमा त्यहाँ भने अहिलेसम्म कुनै पनि संक्रमित भेट्टिएका छैनन्।

हिजो लिगको शीर्ष स्थानमा रहेका क्लबहरुबीचको खेलसँगै त्यहाँको स्थगित लिगको शुरुवात गरिएको हो। साविकको विजेता अल्टिन असिर र अहिलेको शिर्ष स्थानको कोपेतदागबिच भएको खेल १-१ को बराबरीमा टुङ्गिएको थियो ।

झण्डै २० हजार दर्शक क्षमता रहेको स्टेडियममा खेल हेर्न पुगेको ३ सय दर्शकमध्ये कसैले पनि मास्क लगाएका थिएनन्। चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरुसको महामारीले उग्र रुप लिन थालेपछि तुर्केमिनिस्तानले गत मार्चमा आफ्नो लिग स्थगित गरेको थियो।

तपाईको प्रतिक्रिया