यत्रो काम, फेरि उही प्रश्न : ‘शक्ति बस्नेतले के गरे?’


जाजरकोट । दुर्गम जाजरकोटमा जन्मिएर देशको गृहमन्त्रीसम्म पुग्नु आफैंमा असाधारण राजनीतिक यात्रा हो । त्यसमाथि लगातार चार पटक सांसद बन्ने संकल्पसहित चुनावी मैदानमा उत्रनु सामान्य आत्मविश्वास होइन् । तर यतिबेला जाजरकोटको राजनीतिक बहसमा एउटा प्रश्न बारम्बार दोहोरिन्छ— “शक्ति बस्नेतले के गरे?”

यो प्रश्न सरल देखिए पनि यसको उत्तर जटिल छ । किनभने शक्ति बस्नेतको काम कागजमा होइन, पूर्वाधार, संस्था र दीर्घकालीन योजनामा देखिन्छ ।

  • ऊर्जाबाट विकासको ढोका खोल्ने प्रयास
    शक्ति बस्नेतको नाम जोडिन साथ जाजरकोटमा सबैभन्दा पहिला आउने आयोजना हो— नलगाड जलविद्युत आयोजना ।
    नलगाड हाइड्रोपावरको डिपिआर सम्पन्न
    आयोजनाको भवन निर्माण र जग्गा मुआब्जा वितरण सम्पन्न
    जग्गदुल्ला ए पावरहाउस (नलगाड–१३) निर्माण
  • तासुगाड हाइड्रो, डाँडागाउँ भेरी हाइड्रो सम्भाव्यता अध्ययन
    कुशे–८ र बारेकोट–५ मा मिनिग्रिड आयोजना
    जाजरकोटका अधिकांश वस्तीमा राष्ट्रिय प्रसारण लाइन विस्तार

ऊर्जा बिना विकास सम्भव छैन भन्ने बुझाइका साथ उनले जाजरकोटलाई विद्युत उत्पादनको नक्सामा उभ्याएका छन् ।

सडक : जाजरकोट देशसँग जोडिँदै

  • भेरी करिडोर
    रारा राजमार्ग शुभारम्भ
    छेडा–जुनी सडक
    मध्यपहाडी लोकमार्ग
    जिल्लाका सबै वडामा सडक
    यी सडक केवल यात्रा सहजताका लागि होइनन्, बजार, सेवा र अवसरको ढोका खोल्ने मेरुदण्ड हुन् ।
  • स्वास्थ्य: १५ शय्याबाट ५० शय्यासम्म
    पहिले सानो उपचारका लागि पनि नेपालगञ्ज धाउनुपर्ने जाजरकोटमा अहिले
    जिल्ला अस्पताल १५ शय्याबाट ५० शय्यामा विस्तार
  • नलगाड, बारेकोट, छेडागाड, भेरी नगरपालिका (स्याउली बजार) पालिका अस्पताल
    आँखा अस्पतालको भवन
    विशेषज्ञ डाक्टरको व्यवस्था
    स्वास्थ्य पूर्वाधार विस्तार उनको प्राथमिकतामा परेको स्पष्ट देखिन्छ ।
  • शिक्षा र सीप : जाजरकोटमा बाहिरबाट विद्यार्थीको लर्को
    जाजरकोट बहुप्राविधिक शिक्षालय शुभारम्भ
    भेरी ज्ञानोदय क्याम्पस आंगिक, डिग्री कार्यक्रम सुरु
    क्याम्पस भवनका लागि ५० वर्ष वनको जग्गा लिज (मन्त्रीपरिषद निर्णय)
    नलगाड, कुशे, छेडागाडका क्याम्पस स्थापना
    विभिन्न स्थानमा प्राविधिक शिक्षालय
    शिक्षकलाई दुर्गम भत्ता
    आज जाजरकोट बहुप्राविधिक शिक्षालयले बाहिरी जिल्लाका विद्यार्थी तान्न थालेको छ ।

सञ्चार : दुर्गमबाट डिजिटल पहुँचतर्फ

  • २२ वटा टेलिकम टावर (पुराना र थप ४ नयाँ)
    कोर्ताङ, नलगाड, भेरी नपा, बोहरा÷आर्मी ब्यारेक, बारेकोट (सुवाकोट)
    भेरी र नलगाडमा अप्टिकल फाइबर जडान
    मोर्क बजारदेखि चंखीला सम्म सर्भे–डिजाइन
    सञ्चार विस्तार बिना आधुनिक सेवा सम्भव छैन भन्ने बुझाइ यहाँ देखिन्छ ।
  • कृषि, पर्यटन, बैंक र खेलकुद
    सुन्तला, ओखर, टिमुर, मौरीपालन जोन
    खाद्य संस्थानसँग कृषि उत्पादन बिक्री सम्झौता
    मालिका, शिवालय, मष्टा मन्दिर, चाखुरे–कुशेमुसे पर्यटन मार्ग
    सबै पालिकामा बैंक, कृषकका लागि ऋण
    रंगशाला, कभर्ड हल, सभागृह
    फेरि पनि ‘के गरे?’ भन्ने प्रश्न किन ?
    यहाँ प्रश्न कामको होइन, अपेक्षाको उचाइ को हो ।
    शक्ति बस्नेत जाजरकोटका मात्र नेता होइनन्, केन्द्रीय राजनीतिमा प्रभाव राख्ने नेता हुन् । त्यसैले जाजरकोटवासीले उनीसँग सामान्य होइन, असाधारण परिवर्तन खोजिरहेका छन् ।
    उनका समर्थक भन्छन्— “जाजरकोटमा आधार तयार भयो, अब परिणाम देखिने समय हो ।”
    आलोचक भन्छन्, “अझ छिटो र प्रत्यक्ष परिवर्तन चाहियो ।”

चौथो पटक सांसद बन्ने संकल्प
यही बहसबीच शक्ति बस्नेत चौथो पटक सांसद बन्ने संकल्प सहित चुनावी मैदानमा छन् । उनको दाबी छ— “समस्या पहिचान गर्ने चरण सकियो, अब समाधानको चरण हो , हामीले सुरू गरेका याेजनाहरू पुरा गर्न मेराे उम्मेदवारी हाे।”

शक्ति बस्नेतलाई मन पराउने वा आलोचना गर्ने दुवै पक्षले स्वीकार्नैपर्छ— उनी दुर्गम जाजरकोटबाट केन्द्रीय राजनीतिमा प्रभाव राख्ने नेता हुन् ।

अब प्रश्न यो होइन कि के गरे ?
प्रश्न यो हो— जाजरकोटले सुरु भएको योजनाको पूरा परिणाम कहिले देख्छ ?

त्यसको फैसला फेरि एकपटक मतदाताको हातमा पुगेको छ ।

तपाईको प्रतिक्रिया